मध्यदिनमा मसान पनि बौरी उठ्छ सुनसान चिहानबाट र राजनीति शुरु गर्छ
मसान
सरमान सुब्बा ‘रसिक’
सिक्किम, भारत
१
बुद्धिजीवीहरु मौन बसेको ठाउँमा
विद्वानहरुले आँखा चिम्लेको ठाउँमा
अनि सचेतहरु अचेत भएको ठाउँमा
मध्यदिनमा मसान पनि बौरी उठ्छ
सुनसान चिहानबाट
र राजनीति शुरु गर्छ
सजनहरुको समाजलाई
मसानघाट बनाउने ।
२
फेरि मसानहरु जागी उठ्यो
मसानहरुको बस्ती बसाल्न
मसानहरुको गस्ती बढाउन
खोला, मसानघाट सबै सुनसान छ
मसानहरु गाउँ पसेको छ
मसानहरु शहर पसेको छ।
पल्लो गाउँको घर्ती बाजे
सिकिस्त छ अरे
माथिल्लो घरको मत्थु कान्छाको
लिभर ड्यामेज छ अरे
कोनि कता कता त्यस्तै सिकिस्तहरु छ अरे
झण्डा गाड्नु पुगेको छ मसानहरु
स्वर्ग द्वारमा स्वागत लेखिएको छ अरे
यमराजको राम भरोसे पार्टीमा
ज्वाइन गर्नेहरुको
लामै ताँती छ अरे !
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)
ु