देखिन्छ आँखा तिम्रा लोलाएका, कहिले पिरतीले डोलाएका

तिमी

जय भण्डारी

बालसुलभमा चुर्लुम्म डुबेसरी
कहिले हिँड्छ्यौ चुलबुल गरी
कहिले त आँखा तरी
कहिले मन्द मुस्कान त
कहिले चैतन्य सुभास छरी
देखिन्छ आँखा तिम्रा लोलाएका त
कहिले पिरतीले डोलाएका
देखिन्छ्यौ तिमी सुगठिली त
कद सुडौल अनि पुष्टीएको वदन
विणा स्वर सारिणी त
मुस्कान बिषाक्त अनि दन्तेमोहीनी !


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button