
म त माया गरिहाल्छु अहोरात्र तिमीलाई
गजल
पवनकुमार बुढाथोकी
तिमी त फूल जस्तो बास्ना बनेर आऊ है
चम्किरहने तारा उदाएको गनेर आऊ है ।
म त माया गरिहाल्छु अहोरात्र तिमीलाई
मेरै र मलाई मनपर्ने प्रेयसी भनेर आऊ है ।

तिमीमा छ मेरो आड र भरोसा जिन्दगीको
तिमी पनि मलाई आफ्नै मात्र ठानेर आऊ है ।
तिमीलाई के के मन पर्छ त्यहि नै दिन्छु म
मैले भनेका सबै कुराहरु अब मानेर आऊ है ।
मेरो मन खाने को छ र स्वार्थी यो समाजमा
यो कुरा चाँही तिमीले भित्रैदेखि जानेर आऊ है ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



