धुलोबाट पिचमा पुग्छ, पुग्छ एक दिन

गजल

लीलाराज दाहाल
बागमती–११, कर्मैया, सर्लाही

छेउको मान्छे बिचमा पुग्छ पुग्छ एक दिन
धुलोबाट पिचमा पुग्छ पुग्छ एक दिन !

कतिन्जेल रमाउला र पराजय पनि
हारबाट जीतमा पुग्छ पुग्छ एक दिन !

संघर्षको बाटो यो छिचोलेपछि त
हेयबाट मितमा पुग्छ पुग्छ एक दिन !

आफैं कस्छ लगाम यो नयाँ बिहानीले
छाडाबाट रीतमा पुग्छ पुग्छ एक दिन !


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button