कतिन्जेल बसौं म मोबाइलमा तिम्रो फोटो हेरेर ?

गीत(डबल भर्जन): बुझाउँला मेरो मन

सुशीला शर्मा

A:
मनको कुरा यो कसरी भनौ म, म्यासेजमा लेखेर ,
कतिन्जेल बसौं म मोबाइलमा तिम्रो, फोटो हेरेर।
भेटभाको बेलामा धोको फेरेर,
बुझाउला मेरो मन तिमीलाई हेरेर।

B:
छ भने माया छिटै आऊ भेट्नलाई, छुट्टी लिएर ,
नसताऊ भो अब मायालु भाकामा, पिडा दिएर।
एकदिन त हो नि, आऊ माया मारेर,
बुझाउला मेरो मन तिमीलाई भेटेर।

A:
छुट्टीको बेलामा म आउला भेट्नलाई, खोली तरेर,
आत्तिन्छ मेरो मन नडाक भो मलाई, ढिपी गरेर।
भेटभाको बेलामा धोको फेरेर,
बुझाउला मेरो मन तिमीलाई हेरेर।

B:
बर्षाको बेलामा सिमसिमे झरी छ,आऊ छाता ओडेर,
आपसमा भेटेर मारौला बाँकि बात, दिल खोलेर।
एकदिन त हो नि, आऊ माया मारेर,
बुझाउला मेरो मन तिमीलाई भेटेर।

A:-बुझाउँला मेरो मन तिमीलाई हेरेर..।
B:-बुझाउला मेरो मन तिमीलाई भेटेर..।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button