
अनौठो रहस्य हुँ म
म के हुँ ?
रोशनी कटवाल
अविरल बर्षाको पानी त हुइन
तर सङ्घर्शी बनी संघर्षको बर्षा त जारी छ
यात्रामा लागेकी यात्री पनि हुइन
तर जीवनको अविराम यात्रा भने जारी छ ।
स्वतन्त्रताको मिठास चाखेकी गगनकी पन्छी त हुइन
तर त्यही स्वतन्त्रताको मिठास चाख्ने इच्छा भने जारी छ ।
जन्म र मरण बीचको छोटो समयलाइ शब्दमा बुझाउने
कुनै कवि त हुइन म
तर शब्दको जालमा फसेर जीवन बुझ्ने प्रक्रिया भने जारी छ ।
जीवनको अविराम दौडको भागिदार हुँ म
गन्तव्य बिनाको यात्री हुँ म ।
नदीको अविरल बग्ने एकोहोरो पानी हुँ म
कुन भुमरीमा परेर दिशा परिवर्तन गर्छु
पत्तै पाउन नसक्ने अनौठो रहस्य हुँ म ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)
आहा ! कति राम्रो रचना ….