विवाह भयो अल्लारेमै, कस्तो रै’छ कर्म !

यस्तो अवस्थामा म के गरुँ ?

विना खड्का

विवाह भयो अल्लारेमै
कस्तो रैछ कर्म
सधैं मलाई यातना दिई
सताउँछन घरमा ।

केही गरी खाउँ त भने
पढ्न जान्या छैन
काम गरी खाउँ त भने
शरीर बलियो छैन ।

साना साना बच्चा छन्
कोहि अरु छैनन् साथमा
जाँड खाइ कुट्ने गर्छ
सँधै लोग्ने रातमा ।

माइत जाउँ भनेदेखि
बाबा मरी गए
दाजुभाइ त्यसै पनि
टाढा हुने भए ।

मनमा पिर लिइकन
कसरी म हाँसु ?
यस्तो ब्यथा लिइकन
कसरी म बाँचु ?


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button