
समाज मेरो देहमात्र हेर्छ
टंक सुवेदी
असार लाग्यो सब रोप्न लागे
मेरा ख्वामित परदेश भागे
न माइती मेरा न त मावली
बिऊ नै नरोपी कसरी ख्वाउली ?
बढ्दो छ वृष्टि गहको आँसु सरि
लाला बाला स्याहारु म कसरी
पति छन् कहाँ जाऊ मनसँग उडेर
मनको बह सेलाउदैन आफैं बुझेर ।
रास्ट्रसेवक भाइ बिरगती पायो
अर्को भाइ द्वन्दमा नै हरायो
आमा छिन मेरी फोटोमा सजेकी
बाबू बितेर सानैमा म टुहुरी परेकी ।
बित्दो छ असार आँसुको भेलमा
धागो छिनेको चङ्गाको खेलमा
सम्झी कर्तव्य अधिकार हराउँदा
म मरे पनि … नारा लगाउँदा ।
मीठा सपना पतिसँगै गए
अबोध सन्तान जड्सरी भए
खाने र खेल्ने लाखौं सपना
आँकुरा जस्तै सुके कपना ।
समाज मेरो देहमात्र हेर्छ
सहयोग भन्दै जालोले घेर्छ
जाउँ कहाँ म एउटी अवला
छ कोहि ईश बनाउने सवला ?
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)
Beautiful words.