हाम्रा जग्गालाई किन तीन धुर भन्नुभयो ?

गजल

कविता केशरी

आमा यो ठाउँको नाम चाहिँ सुन्दरपुर भन्नुभयो
हाम्रा जग्गालाई किन तीन धुर भन्नुभयो ?

माटाको गाह्रो छ पराले छानो छ झुपडीमा
हावाले हल्लायो कि झर्दछ खुरखुर भन्नुभयो ।

नामथर बताउँछन् अरुले परिचय दिंदा
किन हजुरले हामी त मजदुर भन्नुभयो ?

खुत्रुकेभरि पैसा छ साईकल किन्छु भनेको थिएँ
नुनतेल किन्नु छ पारेर झारझुर भन्नुभयो ।

आजकल पर्व धनी मानिसका लागि भएको छ
हामी जस्ता मान्छेको छैन लुर भन्नुभयो ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button