एल्बमबाटः लोक कवि अली मियाँ

दिनेश अधिकारी

नेपाली लोक साहित्य र लोक संगीतका सन्दर्भमा सबै नेपालीले सम्झिने र सम्झनै पर्ने एउटा महत्त्वपूर्ण नाम हो – अली मियाँ । लोक कविका रुपमा ख्याति कमाएका अली मियाँको १९७५ साल फागुन १५ गते पोखराको कुँडहरमा भएको थियो भने २०६३ साल साउनमा उहाँ दिवंगत हुनु भएको थियो ।

आधा दर्जनभन्दा बढी कृति प्रकाशनमा ल्याउनु भएका मियाँ इन्द्रराज्यलक्ष्मी प्रज्ञा पुरस्कार, जगदम्वाश्री पुरस्कार, नारायणगोपाल संगीत सम्मानलगायतका विभिन्न प्रतिष्ठित पुरस्कार र सम्मानद्वारा सम्मानित हुनुहुन्थ्यो ।

पहिलो पटक मैले उहाँलाई कहिले भेटें एकीनसाथ भन्न नसके पनि केही पटक उहाँसंग भेटघाट र भलाकुसारी गर्ने अवसर भने मैले पाएको हुँ ।

लोक कवि अली मियाँसंगको मेरो यो तस्वीर भने मेरै क्यामराबाट २०५६ साल पौष ३ गते पोखरामा खिचिएको हो ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button