
श्यामजी ‘त्रिशूलीको किनाराबाट’ ‘बारपाक’ हुँदै ‘नदी बग्दैन’
काठमाडौँ । पत्रकार श्याम रिमालको कवितासङ्ग्रह ‘नदी बग्दैन’ विमोचन गरिएको छ ।
वरिष्ठ इञ्जिनीयर शङ्करनाथ रिमाल, रासस अध्यक्ष श्यामल अधिकारी, साहित्यकार युयुत्सु आरडी शर्मा, साहित्यिक पत्रकार प्रवीण जोशी, सञ्चारकर्मी श्याम गोयन्का, रचनाकारका छोरीहरू स्कन्दा र अनन्यालगायतबाट लोकार्पित कृति जीवन र जगत्, त्रिशूली र तीर्थादि तथा जेन र सुक्ति गरी तीन खण्डमा विभाजित छ जसमा १७७ कविता सङ्गृहीत छन् ।
वक्ताहरुले श्यामका कवितामा राष्ट्रियता र प्रगतिशील दृष्टिकोण भएको बताए । यसअघि उनका ‘एउटा काँडा बिझ्दा’ गीत सङ्ग्रह (२०४८) तथा ‘त्रिशूलीको किनाराबाट’(२०६६) र ‘बारपाक’ (२०७४) कवितासङ्ग्रह प्रकाशित छन् ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)