
फूलेर फलेर जनप्रिय बनोस् है, नकुइयोस् गणतन्त्र
उद्धव अविचल
बर्दिबास, महाेत्तरी
नेताले जनता माथि यो गरेको , खै कस्तो राजनीति।
भएछ पन्ध्र नै बर्ष यो नेताज्यू , बसाल्यौ कस्तो थिती।
गाउगाउमा सिॅह र अनि दरवार लौ , गए नि दुबै कुरा,
ती बूढी आमाको थियो यौटा सपना , भएन अझै पूरा।।
बुझि नसक्नु खै कस्तो कस्तो यो, फोहोरी खेल पनि,
सगरमाथाको यात्रामा निस्किए , पेट्रोल र डिजेल नि।
ग्याॅसको मूल्यको बारेमा व्यर्थ खै , के गरौ वात अब,
निमूखा जनता नपकाइकन है, काचै खाऊ भात अब।
तपाईकै ढाडलाई सेकाउन भनेर , आइसके लौराहरु,
कुन दिन नाङ्गेझार बनाउछन् बिचरा , फुकाली दौराहरु।
के जिब्रो चपार बोल्दै छौ मन्त्री ज्यू, संसद् मा जानी जानी,
भएन चुनाव गर्दैछन् गुनासो, लिपु र कालापानी।।
रावण मात्रै नि नबन नेताज्यू, बन भो विभीषण,
श्रृलङ्का युक्रेन बन्दैछ देश यो, भन्दैछन् सबै जन।।
के गरी सुधार्न सकौला हामीले, नेतालाई हानी मन्त्र,
फूलेर फलेर जनप्रिय बनोस् है, नकुइयोस गणतन्त्र।।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



