मीन, माया र नानीलाई चिसाप पुरस्कार
चितवन साहित्य परिषद (चिसाप)ले २०७७ सालको ३ वटा साहित्यिक पुरस्कारहरूको लागि स्रष्टा चयन गरेको छ । चिसाप गायत्री सरस्वती साहित्य पुरस्कार माया ठकुरी, चिसाप कृष्णकुमारी गुरुङ साहित्य पुरस्कार मीनराज वसन्त र चिसाप कृष्ण कृष्णा साहित्य पुरस्कार नानी बिभुलाई प्रदान गरिने जनाइएको छ ।
अध्यक्ष सुरेन्द्र अस्तफलको अध्यक्षतामा बसेको चिसाप बैठकले वसन्तको ‘पिपिरी’ र विभुको ‘अनुक्रोश’का लागि पुरस्कारहरू प्रदान गर्ने निणर्य गरेको हो । कवि शिरोमणि लेखनाथ पौड्यालको १३७ औं जन्म जयन्तीको अवसर पारेर आउँदो शनिबार पुरस्कार समर्पण गरिनेछ ।
सबै पुरस्कारहरूको राशि जनही रु १५ हजार ४५ रुपैंया र सम्मानपत्र रहेको चिसाप सचिव बालकृष्ण थपलियाले जानकारी दिए ।