
बाँसुरी बन्न सक्या छैन, धुन कसरी बनुँ ?
एक्लो प्रितम खड्का
रुपन्देही
बाँसुरी बन्न सक्या छैन धुन कसरी बनुँ र खै,
गुम्सिएका मनका कुरा कसो गरि भनुँ र खै ।
भन्न खोज्दा मन चिरिन्छ आँखा टिलिपिली,
आफै फस्न खाडल आफै क्यारी खनुँ र खै ।।
काँडा थ्यौ फुलबारीको सुगन्धित फुल सम्झेँ,
खडेरी थ्यौ भुलमा परि वर्षातको मुल सम्झेँ ।
गल्तिले नै गल्ती भयो गल्तीले नै रुवाइराछ,
खग्रास थ्यौ जीवन यात्रा कटाउने पुल सम्झेँ ।।
कुरि बस्छु चौबाटोमा इसारा गरिदेउ है
खाली र बेसहारा मन प्रेमले भरिदेउ है !
हजार अनि लाखौंको बथान देखिएनी
मनको चाह बुझ अनि समीप सरिदेउ है !!
पिडै पिडाले जेलिएको जञ्जाल हो जिन्दगी,
आँसु, व्यथा र दर्दको सन्जाल हो जिन्दगी ।
खुसी भन्दा दु:ख धेरै भोग्न पाइने थपिथपि,
खुसि खातिर चाखे थाप्या खाल हो जिन्दगी ।।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)