तिमी घर नआउँदा मन हजार बार रुन्थ्यो

मध्यकालीन प्रेम

दुर्गा कुमारी भट्टराई (आचार्य )
हरिऔन, सर्लाही, हालः दोलखा, बुलुङ

धैर्यताका साथमा
पर्खाई लगातार हुन्थ्यो
एक फोनको आवाजमा
पुरा संसार छुन्थ्यो ।

न घर न कोठा
बास बाटामै हुन्थ्यो
तिमीलाई के थाहा
तिम्रो एक बोलीले
मन मेरो छुन्थ्यो ।

तिमी घर नआउँदा
मन हजार बार रुन्थ्यो
आउँछु तिमीले भन्दामा
मन कति खुशी हुन्थ्यो ।

कहिले पहाड कहिले तराई
यात्रा धेरै हुन्थ्यो
फेरि ती दिन र तिमी फर्की आए
कस्तो हुन्थ्यो
दुःख बिर्सी यो मन फेरि
कति खुशी हुन्थ्यो ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button