के बुद्ध खोज हुन् ?

सुशीला शर्मा

शताब्दीऔं अघि
बुद्ध खोज्दै थिए दर्शन ?
या त्यही समयको अन्वेषण ?
विचारका भेलबाढीबाट
उत्रिन, तैरिन खोज्दै थिए
मानवहरु र केही प्रभावशाली
साँच्चै खोज्न चाहन्थे रहस्य
मान्छे मान्छेबिचका मतभेद
मनभेद, दुख या सुख
ज्ञानलाइ ध्यान अनि
ध्यानलाई मस्तिष्क मन्थन ।
खोज गर्नु थियो
ध्यानको ज्ञान बाँड्नु
या अन्वेषणको विज्ञान बाड्नु ।
बुद्ध जुन समयमा थिए
‘आध्यात्मिक’ तर विज्ञान बाँडे
द्वन्द छन् र त द्वन्द फुकाउँदै
अघि बढ्ने कला साटे ।
मानव समाज, हित अनुकूल
किन नलिने बुद्धका सकारात्मक ज्ञान ?
बुद्ध स्मरण मात्र होइन
ध्यान र साधना हो भने
त्यो ब्यबहारिक जीवनहरुमा
छरिदै जाओस्, प्रगतिशील भएर
ज्ञानहरुका पथमा हिँड्नेहरु
बुद्धु नबनुन्, नबनाइउन् ।
ध्यान गर्ने कि खोज गर्ने
पुजा गर्ने कि मूर्तिहरुमात्र बनाउने
चिन्तन गर्ने या चिन्ता गरी बस्ने
मार्ग प्रसस्त छन्
निरन्तर प्रगतिपथमा हिँड्ने
आजका मानिसहरूलाई
जान्न बुझ्न बुद्ध सोच हुन्
या खोज ?


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button