मेरो खुसी हाँसोमा मेरै धड्कनले रिस गर्छ

कविता: जीत

एक्लो प्रितम खड्का
तिलोत्तमा -९, रुपन्देही

खुसी छु खुसी देखिन्छु,
त्यसैले त बारबार रोएको छु ।
पङ्ख फुका गराउँदै मन
बारबार आफनासङ्ग हारेको छु ।

किन किन ?
मलाई हाँस्न डर लाग्छ,
खुसिसङ्गै मलाई नाच्न डर लाग्छ ।

किनकी
मेरो खुसी हाँसोमा मेरै धड्कनले रिस गर्छ,
अघि बढाउने पाइलाले नै विष भर्छ ।
कसरी मेटाउ र मुटुको चाललाई,
बचाउन धड्कने स्वासको वेगलाई ।

किनकि,
साथ र समर्थन गर्ने आफ्नै मुटु पराइ भयो
धड्कन र मुटुमा नै आँखा तराइ भयो ।

चलनै यस्तो,
दुनियाँसङ्ग तारिफले चिल्लो घसार्नेहरु
पछिपछि धारे हात पसार्नेहरु
जित त सदा ऊनीहरुलाइ नै मिल्छ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button