सहिद दिवसमा रामप्रसाद झोक्राएको देखेर श्रीमतीले सोधिन्, ‘के भयो ?’
लघुकथा: सहिद दिवस
गंगा खड्का
बूढानीलकण्ठ, काठमाडौँ
रामप्रसाद झोक्राएर बसेको देखेर श्रीमतीले सोधिन्, ‘अघिदेखि हजुरलाई नियालेर हेर्दै छु, निकै गहन सोचाइमा पर्नुभएको छ । अनुहार पनि अँध्यारो छ । के भयो ?’
‘अरु त के हुनु र बूढी, देशको लागि हाँसीहाँसी ज्यानको आहुति दिने सहिदहरुको अवमूल्यन भएको जस्तो लाग्दै छ मलाई । उनीहरूको आत्माले नि धिक्कार्दो हो हामीलाई । त्यस्ता महान सपुतलाई सबैले बिर्सेजस्तो लाग्दै छ’, रामप्रसादले खुइँय्य सुस्केरा हाल्दै भने ।
‘यसमा दु:खी हुनुपर्ने कारण के छ र बूढा ? दुनियाँले पछि सम्झेलान् भनेर उनीहरूले ज्यानको बलिदान दिएका पनि होइनन् नि । उनीहरूले गरेका समर्पण कहाँ अवमूल्यन हुने खालका छन् र ? त्यसमाथि असल र नि:स्वार्थी व्यक्तिका आत्माले कहिले पनि आशामुखी भएर बस्न जानेको हुँदैन । रातमा सूर्य देखिएन भन्दैमा साँच्चिकै सूर्य विलय भएका हुन् र ?’
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)