आहा ! अस्मिताकृत अभिकला
अस्मिता अधिकारी चित्र कोर्छिन् । तर, उनी फगत चित्र कोर्दिनन् । उनका चित्रहरुले मानसिक स्वास्थ्य, कुनै पनि प्रकारका दुर्व्यवहार र हिंसाविरुद्ध आम मानिसको मनका जरा नै हल्लिने गरी ‘पन्च’ हान्छन् । नपत्याए गहिरिएर हेर्नोस् त ।
तर, त्यसअघि एउटा अनुरोध छ, प्रिय साथी ! तपाईं पनि अस्मिताले जस्तै आफ्ना कला, कविता, कथा, दैनिकी वा अन्य कुनै पनि प्रकारका रचना नेपालनाम्चाको कलाक्याफेमा पठाउनुस् है । nepalnamcha@gmail.com कलाक्याफेको इमेल हो ।
अहिलेलाई भने चित्रमै घोत्लिनुस् । र, एउटा सभ्य समाजका लागि कला कति शक्तिशाली हुन्छ ? मनन गर्नुस् । सम्पादक, नेपालनाम्चा ।