कविताः ढुकुर त भँगेरीसँग गएछ !

सविना सापकोटा

हेर त सानु ढुकुरले गुँड छोड्यो अरे
आफ्नो बाटो अन्तै मोड्यो अरे ।

ढुकुर त बुद्धिमानी होला भनेको त !

ढुकुरले त बेइमानी गर्नी अरे
बडहरको रुख छाडेर बासको झ्याङ्मा सर्नी अरे
अब त्यो बिचरी ढुकुर्नीसँग बस्दैन अरे
जतन गरेर राखेको मनको गाँठो पनि कस्दैन अरे ।
भन्छ, ढुकुर्नी पुरानी भइ केही पनि जान्दिन,
यसो बाहिर जाउ, दारु पानी खाउभन्दा पनि मान्दिन ।

ढुकुर त बुद्धिमानी होला भनेको त !

नयाँ जमाना छ, नयाँ सोच ल्याउनुपर्छ पो भन्छ
मोरो ढुकुर, त्यसैले त आजभोलि
भँगेराहरुको छेउछाउ जान्छ मोरो ढुकुर ।

हेर त सानु मोरोले त्यति सोचेन
बिचरी ढुकुर्नी एक्लै पर्नी भई
सायद, सायद पानी पनि खान नपाइ मर्नी भई ।

कति निस्ठुरी, दिलै नभएको मोरो ढुकुर
मान्छेका जस्ता मनमा लोभ र लालस पालेछन्
हेर त ढुकुर पनि यस्ता हुन थालेछन् ।

ढुकुरले एक पटक नसोची आफ्नो बाटो ततायो
र, त आफू एउटा निर्लज्ज पुरुष हुँ भनी जतायो ।
विचरी ढुकुर्नी ! ढुकुरको अझै बाटो हेर्दिहो
कति रात आँखा नचिम्ली कोल्टो फेर्दिहो ।

ढुकुर त बुद्धिमानी होला भनेको त !

कुनै बेला मेरो पनि पालो आउँछ भन्दिहो
औला भाँची भाँची दिनहरु गन्दिहो ।

ढुकुर त गयो, पत्याउनै गाह्रो भो उसलाई
तै पनि अब त उ आउँदैन फर्केर सोच्दिहो
झट्ट सपना हो कि भनेर आफैलै घोच्दिहो ।

धेरैपछि उसले थाह पाई
ढुकुर त ढुकुर नभएर भँगेरो भएछ
सधैका लागि भँगेरीसँग गएछ ।

ढुकुर त बुद्धिमानी होला भनेको त !

सानो मेवाको रुखमा
चिम्से अनुहार लाएर बसेकी ढुकुर्नीले
ठूलो बासको झ्याङ्मा बसेको ढुकुरलाइ हेर्दै थिई
घिटिघिटी गर्दै लामो लामो सास फेर्दै थिई
हेर त सानी नभन्दै ढुकुर्नी त एक्लै परिछ
पानी पानी भन्दै खुत्रुक्कै मरिछ ।

ढुकुर त बुद्धिमानी होला भनेको त !

(प्रिय साथी !
तपाईं पनि सविनाजीले जस्तै आफ्ना प्रिय वा अप्रिय याद, घटना र अनुभवहरुलाई कविता, कथा, निबन्ध वा अन्य कुनै पनि रचनात्मक रुपले लेख्नुस् । र, पठाउनुस् नेपालनाम्चाको कलाक्याफेमा । तपाईंकै लागि हो कलाक्याफे । र, nepalnamcha@gmail.com कलाक्याफेको इमेल । सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button