नेपालै साइकलमा सरर… (चौथो दिन)

केरा भेटियो भने केरा किनेर खाउँ । अम्बा भेटिए, अम्बा किनेर खाउँ । बदाम भेटिए बदाम ! पाँचवटा निबुवा किने, त्यहाँ सय रुपियाँ खर्च हुन्छ । निबुवा बेच्ने स्थानीयलाई सय रुपियाँ पनि ठूलो कुृरा हुन्छ ।’


नेपाल साइकल यात्रा टीम कैलालीको धनगढीबाट बर्दियाको ठाकुरद्वार हिंडेको छ । महाकाली–मेची यात्रा दोधारा चाँदनी पुलबाट सुरु भएको हो । ‘सुदुर पश्चिम होइन, सुन्दर पश्चिम हो’, बाटामा भेटिएका धनगढीस्थित होटल डिभोटीका संंचालक समेत रहेका नेपाल पर्यटन बोर्ड सदस्य कृष्णबहादुर महरासँग टोली नेता पुष्कर शाहले भने । ‘त्यही त ! जुन देशमा सुदुरपूर्व छैन, कहाँबाट सुदुरपश्चिम कसरी भयो ?’, महराले थपे । त्यसअघि दोधारा चाँदनी पुलमुनि यात्रा सुरु गर्नुअघि ब्रिफिङ गर्दै शाहले भनेका थिए, ‘यो रनिङ होइन, र्याली हो, र्यालीमा हामी इन्जोई द भ्याली भन्छौं ।’
‘एकअर्कोमा प्रतिस्पर्धा हुँदैन । सबै साथी सँगसँगै हुन्छौं । म स्वीपर हो । सबैभन्दा लास्टमा म बस्छु । र, भरत शाह लिड गर । सबभन्दा अगाडि तिमी बस । र, हामी सबै एक लेनमा हिंडौं’, शाहले भने ‘यो यात्राको उद्धेश्य आन्तरिक पर्यटन प्रवद्र्धन भएकाले स्थानीयसँग आत्मीयता प्रदर्शन गर्दै स्थानीय उत्पादनलाई प्रोत्साहन गरौं । केरा भेटियो भने केरा किनेर खाउँ । अम्बा भेटिए, अम्बा किनेर खाउँ । बदाम भेटिए बदाम ! पाँचवटा निबुवा किने, त्यहाँ सय रुपियाँ खर्च हुन्छ । निबुवा बेच्ने स्थानीयलाई सय रुपियाँ पनि ठूलो कुृरा हुन्छ ।’
‘हामी अनुशासित छौं । कसैले कसैलाई भन्नै पर्दैन । एक लेनमा जाने । एकअर्कालाई देखिने दुरीमा हिंड्ने । एक अर्कालाई सहयोग गर्ने । केही परे हामीसँग रेस्क्यु गाडी छँदैछ’, साइकले शाहले भने ।
दोधारा चाँदनी पुलमा भीमदत्त नगरपालिकाको स्थानीय चन्द्र सूर्य युवा समाजले नेपाल साइकल उत्सव टोलीलाई विदाई गरेको थियो । त्यहाँबाट घनगढी मजगाउँ क्याम्पसम्म टोलीले ८५ किलोमिटर पार गर्यो ।
आज चौथो दिन कैलालीको धनगढीबाट बर्दियाको ठाकुरद्वारसम्मको साइकल दुरी १ सय २५ किलोमिटर रहेको पर्यटन व्यवसायी एवम साइकले सुवास केसीले बताए । पश्चिमको महाकालीदेखि पूर्वको मेचीसम्म साइकल यात्राको दुरी १ हजार ६ सय २४ किलोमिटर रहेको छ ।
कोभिड १९ ले पर्यटन ‘कोमा’मै पुगेको यो बेला पर्यटनर्मीहरु अनेक उपायमार्फत पर्यटन उत्थानमा लागिपरेका छन् । त्यसैक्रममा पर्यटन व्यवसायीहरुको यो समुहले ‘नेपाल साइकल यात्रा’ सुरु गरेको हो ।
साइकल समुहमा विश्व साइकलयात्री शाहसहित राजेन्द्र सापकोटा, शंकर अधिकारी, सुभाष केसी, एक्सपान्सन दाहाल, सम्राट पान्डे, महेन्द्र अधिकारी, हिम गुरुङ, माधव नेपाल, मुक्ति पान्डे, लक्ष्मी श्रेष्ठ, नीरा बराल, पत्रकार अशोक सिलवाललगायत छन् ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button