बुटवल प्रमुखलाई ‘साइकल सिटी’को पत्र

पश्चिम नेपालमा रुपन्देही जिल्ला विकासको गति लिएको जिल्लामा पर्दछ । शान्तिका अग्रदुत गौतम बुद्ध, अंग्रेजलाई पराजित गरेको जितगढी किल्ला, मानवविकासको चरण अन्तर्गत रामापिथेकसको अवशेष भेटिएको स्थानका साथै धेरै धार्मिक, मनोरन्जनात्मक पर्यटकिय स्थलहरु यहा छन् ।

अझ बुटवल उपमहानगरपालिका जिल्लाकै अगुवाई गरेको नगरमा पर्दछ । नगरको विकासको मेरुदण्डका रुपमा भौतिक पूर्वाधार महत्वपूर्ण हो । बुटवल उपमहानगरपालिकालाई सुन्दर, हराभरा, प्रदुषणमुक्त, जनमैत्री, रङ्गीन र नमुना नगरपालिका बनाउन तत्काल प्रभावकारी कदमहरु चालियोस् भनि हामी आशा गर्दछौ ।

विश्वभरी तापमान बृद्धिको मुद्धा उठेको छ । यसको प्रमुख कारण शहरहरुमा ईन्धनबाट चल्ने अत्याधिक सवारी साधनहरुको प्रयोग हो । वायु प्रदुषण, ध्वनि प्रदुषण र ट्राफिकजाम बढेको छ । यसलाई कम गर्ने विकल्प भनेको ‘साइकल संस्कृति’को विकास र प्रवर्धन हो । यसलाई हरेक विकसित सहरहरुले आफना प्रमुख एजेण्डा बनाउने गरेका छन् । नगरलाई मौलिक र सभ्य सहर बनाउन साइकल संस्कृति विकास गर्न ‘साइकल सिटी बुटवल’ अर्थात ‘साइकलमैत्री र व्हिलचेयरमैत्री सहर’को अवधारणालाई लागू गर्दै लैजान साइकलप्रेमीहरु संगठित भएर सवल, सकृय, सक्षम बनाउन साइकल सिटी बुटवल क्रियाशिल रहेको यहाँलाई अवगत नै छ ।

नेपालमा ३५ प्रतिशत बढीको घरमा साइकल छ । करीब १० प्रतिशत मोटरसाइकल छन् भने २ प्रतिशतसंग चारचक्के सवारी छन् । तर हाम्रो सडक चारपाग्रे लक्षित छन् । सबैभन्दा बढी जनसंख्या रहेका पैदलयात्रु र साइकलचालकमैत्री सडक बन्न सकेको छैन । यसले सडक दुर्घटना समेत बढाएको छ ।

–साइकल सम्बन्धीत भौतिक सरचनाहरु जस्तै साइकल लेनहरु, रुटहरु, ट्रयाकहरु, स्टाण्डहरु बनाउन नगरले पहल गर्नुपर्ने ।
–नगरभित्र बन्दै गरेका नयाँ पूर्वाधार विकास भएका सडक तथा मर्मत सम्हार भएका सडकमा साइकल ट्रयाक र लेन बनाउने ।
–बुटवलको ब्यस्त बजार अमरपथ जाने उत्तर हाटबजार, दक्षिण पुष्पलालपार्क, पश्चिम नेपालगंज रोड र पूर्व ट्राफिक चोकबाट साँझको ६ देखि ८ बजेसम्म दुई घण्टा अनिवार्य पैदल र साइकल प्रवेश गराउँदा ट्राफिकजाम कम गर्न सहयोग हुने देखिन्छ ।
–नेपाल सरकार अन्तरगत संघ, प्रदेश र स्थानिय सरकारका कर्मचारीहरुलाई साइकल चलाएर काममा आउन प्रेरित गर्न साइकल किन्न बिशेष सुबिधा या सहुलियत दिने शुरुवात नगरले गर्नुपर्ने ।
– हरेक शुक्रबारलाई कार फ्रि डे अफ, साईकल टु वर्क डे मनाउने ।

यसैगरी साइकल संस्कृतिको विकास गर्न हामीले संस्थागत रुपमा कामहरु गर्दै आएका छौ । गत वर्ष उपमहानगरको सहयोगमा कोरो साइक्लिङ च्यालेन्ज सम्पन्न गरेका छौ । आगामी दिनहरुमा समेत थप निम्न कार्यक्रम गर्न सकिने यहालाई अवगत गराउछौ ।

बुटवल राइड
बुटवल उपमहानगरपालिकाभित्र ऐतिहासिक, सामरिक, धार्मिक रुपमा महत्व बोकेका धेरै स्थलहरु छन् । यी क्षेत्रहरुलाई साइकलमार्फत जोडेर पर्यटन प्रवद्र्धन गर्न सकिन्छ । हरेक शनिबार बिहान बुटवल राइड गरी यहाका साइक्लिस्टहरुसहितको वृहत कार्यक्रम गरी प्रचार प्रचार गर्न सकिन्छ ।

बुटवल च्यालेन्ज
बुटवल उपमहानगरपालिकामा साइकल च्यालेन्ज गराउन सकिने पहाडी बनोटसंगै तराईका भागहरु समेत छन् । योसंगै जोडिएका पालिकाहरुसंग विभिन्न रुटका ट्र्याकहरुमार्फत ३० देखि ३५ किमीमा राष्ट्रिय, अन्तराष्ट्रिय स्तरको माउन्टेनबाइक क्रस कन्ट्री च्यालेन्ज गर्न सकिन्छ ।

त्यसैगरी यस क्षेत्रका प्रतिष्ठित ब्यक्तिको नाममा बुटवल च्यालेन्जटुर डे बुटवल इभेन्ट नामाकरण गर्न सकिन्छ । जसले उहाँहरुको योगदानलाई खेलकुदमा जोड्न सकिन्छ ।

बुटवल उपमहानगरमा पार्किङस्थल बन्ने क्रममा छन् । उपयुक्त स्थानहरुमा साइकल स्टन्याडहरु र साइकल चोरीको सम्भावनालाई ध्यानमा राखेर सिसि क्यामरासमेत राख्न सकिन्छ ।

साइकल संस्कृतिलाई प्रवर्धन गर्ने नीति अन्तर्गत साइकलयात्रीहरुलाई दुर्घटना या मेडिकल बिमा नीति ल्याउन सकिन्छ ।

(साइकल सिटी बुटवलका तर्फबाट बुटवल उपमहानगरपालिका प्रमुखलाई यही १७ गते बुझाइएको ज्ञापन पत्र)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button