
महाकाली–मेची साइकल सरर
हिंसारहित समाज र स्वच्छ वातावरणको मूलनारासाथ कञ्चनपुरको गड्डाचौकी नाकाबाट महाकाली–मेची साइकलयात्रा शुरु भएको छ ।
बूढानीलकन्ठ राइटर क्लबको आयोजनामा ११ जनाको टोलीले साइकल यात्रा शुरु गरेको हो । रामबहादुर श्रेष्ठ (ओसो पुजारी) को संयोजकत्वमा शुरु भएको यात्रालाई जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले नेपालको झण्डा हस्तान्तरण गरी बिदाई गरेका थिए ।
दश दिनमा साइकलमै मेची पुगेर यात्रा समापन गरिने यात्रा संयोजक श्रेष्ठले बताए ।