आहा ! साइकलमा सरर सोमेश्वर

निरा बराल

म साइकलिस्ट । साइकल यात्री । र, कतिले त साइकले पनि भन्छन् । र, यसमा मलाई खुशी लाग्छ । म साइकलसँग जोडिएको छु । र, साइकल मसँग जोडिएको छ । केही समयअघिमात्र मैले नेपाल साइकल उत्सवको सदस्य भएर महाकालीबाट मेचीसम्म साइक्लिङ गरेँ । झन्डै एक महिना । आहा ! पश्चिम महेन्द्रनगरदेखि पूर्व पशुपतिनगरसम्मको साइकल यात्रा ।

भर्खरै पनि म दुई दिने साइकल यात्रामा गएको थिएँ, सोमेश्वर । पहिलो दिन (यही माघ १७ गते) भरतपुर, चितवनबाट माडी हुँदै हामी सोमेश्वरढी पुग्यौं । साह्रै उकालो । तर, उकालैको पनि मजा बेग्लै । र, फेरि गढीबाट फर्केर त्यही दिन माडी आयौं । माडीमा नाइट स्टे थियो ।

दोस्रो दिन माडीबाट बैकुन्ठतालसम्मको राइड थियो । बैकुन्ठताल असाध्यै रमाइलो । फूल रिफ्रेसमन्ट प्लेस । र, माडी नगरपालिकाले हामीलाई कार्यक्रम नै गरेर सम्मान गर्यो । त्यो सम्मान हामीलाई मात्र होइन, हाम्रो साइकललाई पनि थियो । सम्मानित हामी र हाम्रो साइकल त्यसपछि भरतपुर फर्कियौ ।

यो निकै विशेष राइड भयो । चुस्त व्यवस्थापन र स्वादिला स्थानीय खाना यो राइडको विशेषता रह्यो । हामी १ सय २० जना राइडर थियौं । गढीबाट फर्कंदा रात परेको थियो । बाटो रफ थियो, त्यसमाथि जंगल । डर लागिरहेको थियो । हामी समुहमा थियौं, प्रकाश एकदम कम थियो । सम्झँदा त्यो पनि रमाइलो हुँदो रहेछ ।

आहा ! छेउमा खोलाको कलकल ।


प्रिय साइकले साथी, तपाईं पनि निराजीले जस्तै आफ्ना साइकल अनुभव लेख्नुहोस् । र, नेपालनाम्चाको इमेल
nepalnamcha@gmail.com मा अनुभव लेख र साइकलसहितको आफ्नो तस्विर पनि पठाउनु होस् । हामी तपाईं र तपाईंको साइकललाई सम्मान गर्दछौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button