ओलम्पिक डेमा वसन्तपुरबाट सातदोबाटोसम्म २० किलोमिटर साइकल र्‍याली

ओलम्पिक डे २०२२ को अवसरमा आइतबार काठमाडौंको वसन्तपुरबाट नेपाल ओलम्पिक कमिटीको मुख्यालय रहेको ललितपुरस्थित सातदोबाटोसम्म साइकल र्‍याली सम्पन्न भयो । कमिटी अन्तर्गतको स्पोर्टस् फर अल कमिसन र नेपाल साइक्लिङ संघको संयुँक्त आयोजनामा कार्यक्रम गरिएको थियो ।

राष्ट्रिय माउन्टेन बाइक खेलाडी अजय पन्डित क्षेत्री, सुरज रानामगर, उषा खनाल, एलिन महर्जनलगायत र्‍यालीमा ९० पुरुष र १० महिला खेलाडीको सहभागिता थियो । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले र्‍यालीको उद्घाटन गरेका थिए ।

त्यस अवसरमा कमिटीका उपाध्यक्ष चतुरानन्द राजवैद्य, महासचिव निलेन्द्रराज श्रेष्ठ, सचिव दीपकहर्ष बज्राचार्य, नेपाल साइक्लिङ संघका अध्यक्ष गोपाल सुन्दरलाल कक्षपती, उपाध्यक्षत्रय सुदीप पौडेल, सिंहबहादुर श्रेष्ठ, संर्घष विष्ट, महासचिव रञ्जन राजभन्डारी, सचिव देवेन्द्र बस्न्यात, सदस्य राजेन्द्रमान श्रेष्ठ, प्रमिला कायस्थलगायतको उपस्थिति थियो । कमिसनको आयोजनामा यसपल्ट ओलम्डिक डे मनाउने क्रममा विभिन्न संघ संस्थासँग मिलेर विविध कार्यक्रम गर्ने योजना रहेको छ । कार्यक्रम जुन २३ सम्म चल्नेछ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button