विश्व साइकलयात्रीको अर्को पुस्तक ‘डुलुवा शब्द भोजः मृत सागरदेखि सगरमाथासम्म’

‘मेरा स्वर्णिम बैंसमा सडकमा पोखिएका १२ बर्षका ४ हजार ३ सय दिनमा आफ्नै हातले कुँदेका ७ हजार पन्नाका १४ लाख शब्दहरुलाई झाँटेर, कुटेर, निफनेर, केलाउदै छु’, आफ्नो नयाँ पुस्तकको अन्तिम तयारीमा रहेका विश्व साइकलयात्री पुष्कर शाहले भनेका छन्, ‘अनि तयार हुनेछ, डुलुवा शब्द भोजः मृत सागरदेखि सगरमाथासम्म ।’

उनले बर्दियाको एउटा रिसोर्टमा किताबको अन्तिम खाका तयार गर्दै रहेको जानकारी दिँदै फेसबुक पोस्ट गरेपछि उनलाई सयौं प्रतिकृया प्राप्त भएको छ । ‘दाईको खुट्टा (साइकल) मात्र होइन, हात (यात्रा स्मरण) पनि मज्जाले चल्छ’, सिरेन पौडेलले लेखेका छन् ।

‘छिटो गरम है’, रवि थापाले लेखेका छन्, ‘पहिलेको किताब १ दिन १ रातमा खत्तम पारेको । कम्ती रमाइलो लागेन त् ।”पर्खाईको तिर्खाले झन सताउँदै छ’, वीरेन्द्र पराजुलीले भनेका छन् ।

शाहको यसअघि ‘संसारलाई साढे पाँच फन्को’ प्रकाशित छ ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button