
धनकुटामा जन्मिन पाउनु मेरो भाग्यको उदय हो

देशको समग्र चित्र कोर्ने ‘नेपालनाम्चा’को राष्ट्रिय अभियान ‘७७’ मा जोडिएर आफ्नो माटोप्रति अगाध प्रेम प्रकट गर्नुभएकोमा धनकुटाकी जुनू घिमिरेलाई धन्यवाद ।
१. तपाईंको जिल्लाको कुरा गर्दा, सबैभन्दा पहिला तपाईंको मनमा के आउँछ ?
मेरो जिल्लाको कुरा गर्दा सबैभन्दा पहिला मलाई सल्लेरी बन मुन्तिर डाँडामा थपक्क बसेको बजार आउँछ ।
२. यहाँ जन्मिकोमा तपाईं कस्तो अनुभुति गर्नु हुन्छ ?
यहाँ जन्मिन पाउनु मेरो भाग्यको उदय हो झैँ लाग्छ ।
३. बाहिरबाट आउने मान्छेलाई यो चाहिँ हाम्रो ठाउँ हो भनेर देखाउन मन लाग्ने ठाउँ कुन हो ?
धेरै छन् त्यसमध्येमा एउटा छान्दा निसान भगवती ।
४. तपाईंलाई आफ्नो जिल्लाको कुन कुरामा सबैभन्दा गर्व लाग्छ ?
एक जमाना यो पुर्वाञ्चलको सदरमुकाम थियो, यसैमा गर्व लाग्छ ।

५. धेरैले थाहा नपाएको तर तपाईंले महसुस गरेको यो जिल्लाको खास विशेषता के हो ?
अझै पनि देशका विभिन्न ठाउँमा खोकु जातका सुन्तलाका बिरुवा यहीँ जिल्लाबाट जान्छन् जुन कुरा धेरैलाई थाहा नहुन सक्छ ।
६. यदि तपाईंको जिल्लालाई एउटा मानिसजस्तै सोच्नुपर्यो भने, कस्तो स्वभावको हुन्छ ?
सरल तर धेरै सम्भावना बोकेको स्वभाव देख्छु ।
७. भविष्यमा तपाईंको जिल्ला कस्तो भएको देख्दा तपाईं खुशी हुनुहुन्छ ?
जिल्लाबाट मानिस तराइ र सहर झर्ने लर्को नै छ र यो क्रम रोकिएर गाउँ गाउँले बोकेको सम्भावना प्रस्फुटन भएर हराभरा भएको हेर्न चाहान्छु ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



