मकवानपुर मेरो जन्मभूमि, चितवन मेरो बैकुण्ठ !

देशको समग्र चित्र काेर्ने नेपालनाम्चाको यो राष्ट्रिय अभियान ‘७७’ मा जोडिएर आफ्नो माटोलाई माया गर्नुभएकोमा धनराज गिरीलाई विशेष धन्यवाद ।

१. तपाईंको जिल्लाको कुरा गर्दा, सबैभन्दा पहिला तपाईंको मनमा के आउँछ ?
राष्ट्रिय निकुञ्ज र गैंडा !

२. यहाँ जन्मिएकोमा तपाईं कस्तो अनुभुति गर्नु हुन्छ ?
मलाई आफू परमभाग्यमानी लाग्छ। आफ्नो जन्मभूमि बैकुण्ठ !

३. बाहिरबाट आउने मान्छेलाई यो चाहिँ हाम्रो ठाउँ हो भनेर देखाउन मन लाग्ने ठाउँ कुन हो ?
सौराहा!

४. तपाईंलाई आफ्नो जिल्लाको कुन कुरामा सबैभन्दा गर्व लाग्छ ?
मेलमिलाप र पर्यटन उद्योग। ऊर्वर भूमि।

५. धेरैले थाहा नपाएको तर तपाईंले महसुस गरेको यो जिल्लाको खास विशेषता के हो ?
थारु संस्कृति।

६. यदि तपाईंको जिल्लालाई एउटा मानिसजस्तै सोच्नुपर्‍यो भने, कस्तो स्वभावको हुन्छ ?
उज्यालो अनुहार भएको स्वस्थ मानिस, विवेकी!

७. भविष्यमा तपाईंको जिल्ला कस्तो भएको देख्दा तपाईं खुशी हुनुहुन्छ ?
सामाजिक न्यायमा अब्बल। मुसहरहरू लगायत पिछडिएका वर्गहरू मूलधारमा आएको हेर्ने रहर छ। आर्थिक असमानता न्यून।नमस्कार !


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button