
जोन अफ आर्क, जसलाई फ्रान्सले सदा स्मरण गरिरहन्छ
सुशीला शर्मा
जोन अफ आर्कको जन्म ६ जनवरी १४१२ मा फ्रान्समा भएको हो । १९ वर्षीय फ्रान्सेली किसान परिवारकी नायक जोन अफ आर्कले इंग्ल्याण्डसँगको लडाँईको सेनालाई नै नेतृत्व गरिन् ।
एघारौं शताब्दीमा इंग्ल्याण्डलाई जितेर फ्रान्सको नरमाण्डी क्षेत्रका सामन्त राजा भए । फ्रान्सका राजाले तेहृौं शताब्दीमा नरमाण्डी खोसेका थिए । उनले फ्रान्सको राजनैतिक एकिकरण गरे । राजा फिलिपले फ्रान्सलाई धेरै विस्तार गरे । सन् १३१४ मा उनको मृत्यु भयो । उनी इंग्ल्याण्डका राजाका आफन्त पनि थिए । त्यसैले त्यतिबेला इंगल्याण्डका राजाले फ्रान्समाथिको अतिक्रमण पनि रोके ।
पुन फ्रान्स र इंग्ल्याण्डबीचमा युद्ध शुरु भयो र यो युद्ध सय वर्षसम्म चलिरह्यो । यसलाई फ्रान्सेली ईतिहासमा शताब्दी युद्ध भनेर पनि जानिन्छ । यो युद्ध सन् १३३७ देखि १४५३ सम्म चलेको थियो । इंग्ल्याण्डका सैनिकहरुले फ्रान्सलाई धेरै पटक लुट्ने काम गरेका थिए । ती एघारौं शताब्दीदेखि चौधौं शताब्दीका समयमा राज्यका दण्ड, सजाँय, निर्णयका कुराहरु राजा र चर्चका पादरीहरुबाट गरिने गर्दथ्यो ।
सन् १४१५ मा इंग्ल्याण्ले फ्रान्सका धेरै क्षेत्रहरु आफ्नो कब्जामा लियो । बुर्गुण्डीका सामन्तले इंग्ल्याण्डलाई साथ दिए । अंग्रेजका माईनर राजाले फ्रान्सको राजा घोषणा गरे र फ्रान्सका राजकुमारलाई राजगद्धीबाट बञ्चित गरियो यद्धपि लडाँई निरन्तर चलिरह्यो । फ्रान्सका जनताले बेलायती र उनीहरुका सहकर्मीलाई लुटेरा र सामन्त ठानेर आफ्नो मोर्चा सम्हाले । यो मोर्चा जोन अफ आर्क एक १९ वर्षीय युवतीको नेतृत्वले सम्हालेको थियो । जोन अफ आर्क जुन यस लेखमा एक हिरो हुन् । फ्रान्सकी किशोरी हिरो । जोन एक धार्मिक युवती थिईन् । तर उनी एक दूरद्रष्टा र भिजन भएकी अग्रगामी महिला पनि थिईन् ।
त्यसबेला अर्थात १४औं शताब्दीको समयमा फ्रान्सको मुकुटको विषयमा दाउफिन चाल्र्स जो पछि चाल्र्स सातौंको नामले चर्चित भए । ( भ्यालोईस राजा चाल्र्स छैटौंका छोरा) र ल्याङ्कास्ट्रियन अंग्रेज राजा हेनरी चौथोको बीचमा विवाद थियो ।
हेनरीका पिता जोन द फियरलेस दाउफिन चाल्र्सका पक्षपातीहरुद्धारा सन् १४१९ मा मारिएका थिए । जसका कारण फ्रान्सका उत्तरी भागको धेरैजसो भूभाग हेनरीको सेनाले कब्जामा लिएको थियो ।
यता फ्रान्सका राजकुमार दाउफिनले उनको बाबुको मृत्युपछि पाँच वर्षसम्म पनि राजाको मुकुट लगाउन पाएका थिएनन् । रेम्स जुन फ्रान्सका राजाहरुको परम्परागत समय व्यतित गर्ने स्थानलाई पनि ईग्लैण्डका पक्षले कब्जा गरिराखेका थिए ।
जोनको गाउँ डोम्रेमी एंग्लो बर्गण्डियनहरुको र फ्रान्सको सिमानामा पर्दथ्यो । वर्गण्डियनहरुको धम्कीको कारण गाउँलेहरुले आफ्नो घर छाड्नुपरेको थियो । जोन निकै धार्मिक थिईन उनलाई लाग्दथ्यो कि सन्तहरुको आवाज उनले सुनिरहेकी छिन् । आफ्ना सन्तहरुको आवाजको नेतृत्वमा जोनले मे १४२८ मा डोम्रेमीबाट वाउकोलर्ससम्म यात्रा गरिन् । जुन स्थान अझै पनि चाल्र्स डौफिनप्रति वफादार रहेको सबैभन्दा नजिकको गढ हो । जहाँ उनले ग्यारिसनका कप्तान रोबर्ट डे बाउट्रीकोटलाई डौफिनमा सहभागी हुन अनुमति मागेकी थिईन् । ती कप्तानले १६ वर्षीय किशोरीको आकांक्षा र मागलाई पत्याएनन् । र जोन घर फर्किन् ।
जोन सन् १४२९ मा फेरि वाउकोलर्स गईन् यस पटक उनको शान्त,धर्मपरायणता र दृढताले मानिसहरुको ध्यान आकर्षित गर्यो । उनलाई चिनोनमा डाउफिनमा जान अनुमति मिल्यो । उनले ६ जना पुरुष सहकर्मीको साथ पुरुष बस्त्रमै वाउकोलर्सको सिमाना पार गरिन् । एघारौं दिनसम्मको यात्रापछि उनी चिनोन पुगिन् । जोन एकैपटक डाउफिन चाल्र्सको महलमा पुगिन् । चाल्र्सले शुरुमा दरबारमै लुकेर जोनलाई छल्न खोजे तर यो कुरा जोनले पत्ता लगाईहालिन् । जोनले चाल्र्ससंग भनिन कि उनी अंग्रेजी सेनासंग लड्न चाहन्छिन् र जितपछि चाल्र्सलाई रिम्समा मुकुट पहिर्याईदिनेछिन् । डाउफिनले उनका आफन्तको उपस्थितिमा जोन अफ आर्कलाई सोधपुछ गरे ती आफन्तले जोनप्रति सकारात्मक व्यवहार देखाए । त्यसपछि जोनलाई तीन हप्ताको लागि पोईटर्स लगियो । जहाँ डाउफिनको भेट प्रख्यात धर्मशास्त्रीहरुसंग भयो । ती धर्मशास्त्रीहरुले जोनलाई थप प्रश्न सोधे । त्यसपछि जोन चिनोन फर्किईन् । डाउफिन राजाले जोनलाई धेरै सैन्य उपलब्ध गराए । जोनले आफ्ना भाईहरुलाई पनि आफ्नो साथमा राखेकी थिईन् । युद्धको लागि तयार हुँदा जोनले आफूलाई क्राईष्टको तश्विर अंकित ब्यानरले सुसज्जित बनाएकी थिईन् ।
जोन अफ आर्क आफ्नो सैनिक टोलीसंग फ्रान्सको कानुनी उत्तराधिकारी बसेको महलमा पुगिन् । त्यहाँ उनी योद्धाहरुको एक टुकडीको साथ किनारमा पुगिन् । जोनको सेनाले अंग्रेजी सेनाको घेरा तोडेर फ्रान्सको ठूलो भूभागलाई मुक्त गर्यो । पदच्यूत राजकुमारलाई क्राउन पहिर्याईयो । जुन राजा चाल्र्स सेप्टमको नामले प्रसिद्ध छन् । यो सब घटनापछि पनि लँडाई जारी थियो । सामन्तहरु जोनको प्रसिद्धिले जलिरहेका थिए । सामन्त आफ्नो टोलीलाई भङ्ग गर्न चाहन्थ्यो । यस्तैमा शत्रु खेमाकाहरुले जोन अफ आर्कलाई कब्जा गरे र उनीबाट ठूलो रकम हत्याएर अंग्रेजलाई सुम्पिदिए । फ्रान्सका राजाले चाहेका भए जोनलाई सामन्तको कब्जाबाट मुक्त गर्न सक्थे तर जसका लागि जोनले आफ्नो जीवन दाउमा राखेर बैरी विरुद्ध लडिन उसले उनलाई शत्रुको फन्दाबाट छुटाउने विवेक प्रयोग गरेनन् । ब्रिटिसहरुले जोनलाई खुट्टामा नेल ठोके अनि फलामको पिंजराभित्र राखे । उनलाई धार्मिक अदालतमा ल्याउनुपूर्व बोक्सी करार गरियो । फ्रान्सका राजा चाल्र्स सेप्टम र पोपले जोनको मृत्युदण्डपछि ठूलो जोक बनाए । राजाको आदेशमा पोपले जोन अफ आर्कलाई “शहीद” घोषणा गरे । ३० मे १४३१ म रुआ नगरमा उनलाई पोलमा बाँधेर जिउँदै जलाईयो । नजलाईयोस पनि किन प्रभू यशुले भन्थे, रगत बगाउनु पाप हो । यो एउटा धार्मिक राज्यको न्याय थियो ।
जोन अफ आर्कको नेतृत्वमा एउटा युद्ध जिते पनि पछि झण्डै २२ वर्षसम्म पनि फ्रान्स र इंग्ल्याण्डबीच द्धन्द भई नै रह्यो । तथापी एउटा आँट र साहसी युवतीको कारण फ्रान्सले उनको सदा स्मरण गरिरहन्छ । जोनको नृशंश मृत्युदण्डपछि लगभग १२००० जनताका सेनाले बेलायतीहरुलाई फ्रान्सबाट भगाए ।
विभिन्न समयकालमा प्रसिद्ध साहित्यकारहरु सेक्सपियर, भल्टेयर, ब्रेख्त, बर्नाड साले उनका जीवनीमा आधारित भएर साहित्य श्रृजना गरेका छन् । जोन डि आर्कलाई फ्रान्सको हिरो, द मेड अफ ओलिन्सको उपनामले पनि चिनिन्छ ।
(श्रोत: जोन अफ आर्कको बायोग्राफी)
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

