श्रीकृष्ण सिम्खडाले रिपोर्टस् क्लवमा दुइटा आलु रोपे

कलाकार श्रीकृष्ण सिम्खडा आज हवाइजहाज प्रकरणले थप चर्चित भएका ऋषि धमलाको रिपोर्टस क्लव गए । दुधको खाली प्याकेटमा दुइटा आलु रोपे अनि पानी हाले । पत्रकारहरुलाई घर गएर भरे एउटा आलु रोप्नु भने । ‘अर्थतन्त्र बिग्रनेवाला छ, त्यही आलु खाएर भए नि बाँच्नु पर्छ’, उनले भने, ‘हामी आलु खाएरै हुर्केका हौं ।’

‘कृषिमा केन्द्रीकृत हौं भन्ने उद्धेश्यले आयोजना भएको पत्रकार सम्मेलनमा आएका सबै पत्रकारहरुलाई धन्यवाद दिँदै त्यहाँ उनले ‘आफ्नै आलु खाऊ’ शीर्षकको आलु कविता पनि सुनाए ।

कविता यसप्रकार छः

मेरो देशको पैसा
बाहिर गयो
हरेक बस्तु किन्दा
मेरो अर्बौ पैसा
बाहिर गयो
गरिब मुलुकको पैसा
जेमा नि बाहिर गयो
त्यसैले अब तरकारी
बाहिरको नखाऊ
आफ्नै आलु खाऊ ।

गोलभेडा आफ्नै खाऊ
पिडालु आफ्नै खाऊ
सखरखण्ड आफ्नै खाऊ
मुला आफ्नै खाऊ
गाजर आफ्नै खाऊ
मेरो देशको
अर्बौ पैसा बाहिर गो
आलु आफ्नै खाऊ ।

आलु पोलेर खाऊ
उसिनेर खाऊ
मस्यौरा मा हालेर खाऊ
गुन्द्रुकमा हालेर खाऊ
समोसा मा हालेर खाऊ
पराठा बनाएर खाऊ
अर्बौ पैसा बाहिर गो
आलु आफ्नै खाऊ ।

जाऊ हामी सबै
आलु बजार थाप्न
सबैलाई चाइने
आलु नै हो
हरेक घरमा आलु पाक्छ
आलु किन्न किन बिदेसरु
अर्काको आलु
हरेक को भान्छामा
विदेशको आलु
हरेकको भान्छामा
मेरो देशको पैसा
बाहिर गो
अर्बौं बाहिर गो
अब आफ्नै आलु खाऊ ।


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button