
जेठी दुलहीका तथानाम जवाफका कुरा सुन्न नसकेर पण्डितिनीले कान थुनिन्
निद्रा परेन
शेरबहादुर ढुङ्गाना
खाँदबारी, सङ्खुवासभा
‘ठूली बुहारी ! मैले खाना बनाएँ, तिमी भान्सामा पस । आमा मकै राेप्न दिनभरी डल्ला फुटा’र आ’की। ठेला फुटाउँदै गाेडामा तेल लाउँदै थिई । बाथरूमका भिजेका लुगा सुका’काे छु । कान्छाका कट्टु, पेेण्ट धाेर सुका’काे, उठाउन विर्सेछु । छतबाट ल्याउनु भनेर भरे आउने कान्छी बहुलाई भन्दिनु है ।’
‘तिम्री भान्से बाहुनी हुन बाउआमाले क्याम्पस पढा’का हैनन् । माइतमा तीन तीन नाेकर चाकर राखेर बसेकी, मलम डाक्टर भर पाे ब्या गरेकी ! नभए मरी गए यस्ताे खाते परिवारमा बुहारी भ’र भित्रिंदी हुँ !’
खाए खाउ नखाए घिच भन्दै खुट्टा लर्बराउँदै सयन कक्ष छिरेकी जेठी बहु रातकाे एक वजे ठूलाे आवाजसंगै वासरूम छिर्छिन् ।
भर्खर समय मिलेेछ कान्छा छाेराबुहारीकाे घर पस्ने बेला । रूँदै थिई, फ्यात्त साेफामा नातिनी फालेर ट्वाइलेट छिर्दा जेठी-कान्छीकाे भनाभन भाे ।
आफुलाई टन्टन् भ’काे छ । यस्ताे पिसाव फेर्न पनि पालाे गर्नु पर्ने घरमा बुहारी भ’र आउनु भन्दा मरिससंग म्यारिज गरेकाे भए यस्ताका घरमा पर्नु पर्ने त थिएन ।
जेठी दुलहीका तथानाम जवाफका कुरा सुन्न नसकेर पण्डितिनीले कान थुनिन् ।
घर पस्ने पालाे आयाे कान्छाकाे । भित्र पस्नासाथ बाउलाई गाली गर्दै भन्याे । ‘तिमीजस्ता बाउ त घरबाट बाहिर निस्कनासाथ पाउँछु, तर प्रिया सुप्रिया भनेर श्रीमती पाउँछु बाटामा, पार्टीमा । अनि सुन्दैछु, फुकि ढल बुढी र तिमी भ’र रातभरी ओछ्यानमा मेरी सुप्रियाका कुरा काट्छाै रे !
‘ई… तिमीसंग बाउ छाेराकाे सम्बन्ध त !’, दुवै हातबाट भन्न नमिल्ने, देखाउन लाज लाग्ने सङ्केत देखाउँदै बाेल्याे ।
‘तुनुक्क भाेलि बेलुकासम्ममा घर छाड, हैन भने साँझकाे पार्टीमा अधिवक्ता साढुदाजु बाेला’काे छु । जवरजस्ति शेषपछिकाे दान बकस अष्टलाहैमा ल्याप्चे लाउनु पर्ला !’ भन्दै सिरानकाे सयन कक्ष छिर्याे ।
घर बनाउँदाकाे ऋणकाे भा’का पुगेकाे दिन पर्सि ! बैङ्ककाे सावाँब्याज तिर्नु पर्ने भन्दै गुन्दै चुपचाप बुढी बजैका बायाँ भित्तातिर सुते पण्डित
!
मरी गए निद्रा परेन !
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)




कति सम्मान दिनु भाे हजुर!