कोही समीक्षाका पक्षमा, कोही पलका पक्षमा

सुषमा तिमल्सिना

अहिले पल शाह र समीक्षा अधिकारीका विषयले मिडियामा ठूलो चर्चा बटुलिरहेको छ । कोही समीक्षाका पक्षमा आफ्ना दलील पेश गरिरहेका छन् भने कोही पलका पक्षमा । कतिपय महिला अधिकारकर्मीहरू हात धोएर पल शाहविरुद्ध खनिएको देखिन्छ । पल र समीक्षाबीच भएको यौन सम्बन्धका बारेमा पनि समाजमा फरक फरक धारणा व्याप्त भएका छन् ।

पुरुष र स्त्री बीच अवैध सम्बन्ध स्थापित हुने अवस्था भनेको कलाकारिता क्षेत्रको विश्वव्यापी घटना हो । अझ नेपालमा त साहित्यिक क्षेत्र समेत यसबाट अछूतो रहन सकेको छैन । मिडिया क्षेत्रमा पनि यस किसिमका घटना बेला बेलामा चर्चामा आउने गरेका हुन्छन् ।

वास्तवमा उमेर भनेको परिपक्वता जनाउने मापदण्ड हो । समीक्षाका अन्तर्वार्ता सुन्दा तथा भिडियोहरू हेर्दा नबुझ्ने छन् जस्ती लाग्दिनन् । कोही सानै उमेरमा पनि आफ्नो बारेमा बुझ्न सक्ने हुन्छन् र कोही २५ वर्ष पुग्दा पनि परिपक्व हुँदैनन् ।

वास्तविक कुरा बाहिर आउनु अगावै नै एकतर्फी फैसला गर्ने जुन मानवीय प्रवृत्ति छ, त्यो अत्यन्त लज्जास्पद लाग्छ । यहाँसम्म कि अहिले यो घटनालाई कतिपय महिला अधिकारकर्मीले निर्मला हत्याकाण्डसँग जोडेर हेर्ने गल्ती समेत गरिरहेका छन् । निर्मला हत्याकाण्ड र समीक्षा सेक्स स्क्याण्डल दुई अलग अलग पहलु हुन् । निर्मलाको हकमा निर्मम बलात्कारसँगै जघन्य हत्या भएको हो । निर्मला र समीक्षा नितान्त अलग विषय हुन् ।

समीक्षा बालिग भइनसकेकी चर्चित गायिका हुन् भने पल शाह बत्तीस नाघिसकेका उम्दा कलाकार हुन् । प्राप्त भएको विवरणलाई आधार मानेर निष्पक्ष ढङ्गले उनीहरुको सम्बन्धलाई केलाउँदा पलमाथी पनि अनेक प्रश्न तेर्सिन्छन् । उनले समीक्षालाई बिहे गर्ने आश्वासन दिएका खबरहरु बाहिर आइरहेका छन् । यदि त्यसो हो भने त्यो गलत हो । तर समीक्षाले भने झैं यसलाई बलात्कारको श्रेणीमा राख्न मिल्दैन । यो वास्तवमा जालसाझीपूर्वक गरिएको यौनशोषण हो ।


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button