
अमेरिका र चाइना आमने सामने, भारत माइनस
ए पोख्रेल
१. नेपालको इतिहासमा पहिलोपल्ट, हिजोको दिन देखि अमेरिका र चाईना एक आपसमा, आमने सामने भएर उभिएका छन् ।
२. यो प्रकारको आमने सामने भिडन्तमा भारतीय भूमिका अब झन् झन् गौण हुँदै जाने देखिन्छ ।
३. अमेरिकन लबिमा बुइ चढेर, नेपाल माथि अन्याय गर्न उद्यत भारतीय कुटनीति, नराम्ररी असफल हुँदै आएको छ, कम्तीमा पनि यो संविधान जारी भएको मितिदेखि हिजोको वक्तव्य (अमेरिका र चाइना दुवैको) आउँदासम्म।
४. अब सबै प्रकारका द्वन्दहरु सिधै अमेरिकन र चाईना बीच हुनु अनिवार्य सर्तको रूपमा विकास भएको छ, त्यो पनि नेपाली भूमिमै ।
५. अब नेपालले आफ्नो कित्ता, छिटो भन्दा छिटो स्पष्ट (क्लियर) गर्नु आवश्यक छ:
(क) स्पष्टसँग अमेरिकन लविमा उभिनु।
यसको एउटा गम्भीर असर छ, यो लविमा उभिँदा इन्डियाको थिचोमिचो अझै धेरै बढेर, सधैं रहिरहने हुन्छ।
(ख) चाइना, रसिया र नेपाल त्रिपक्षीय सुरक्षा सम्झौता गर्नु ।
(ग) असंग्लग्न नीतिलाई स्पष्ट रूपमा अबलम्बन गरेको घोषणा गर्दै, राष्ट्रिय रूपमा आवश्यक नीतिहरु तर्जुमा गर्नु ।
६. नेपालले कुन बाटो अवलम्बन गर्ला खोइ ? अनि कुन बाटो बढी सही होला हाम्रो लागि, ताकि हाम्रो विकास तथा समृद्धिमा टेवा पुगोस।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



