अन्यथा अर्थ नलागोस्, म भ्यालेनटाइन डे विरोधी हैन

पारसमणि घिमिरे

हामी हिमालको काखमा जन्मियौं। पहाडमा हुर्कियौं । तराईमा बस्यौं । यी सबै हामीलाई प्यारो लाग्छन् । यी सबै हामीलाई आफ्नै लाग्छन् ।

के पो छैनन् र हामीसँग ? प्रकृति छैन कि, संस्कृति छैन कि ? हामी युरोपेली र अमेरिकिजस्तो मात्र कहाँ हों र ? हामी त उनीहरुभन्दा धेरै पुरानो हौं ।

के हामीसँग सुम्निमा अनि पारोहाङको कथा छैन र ? सतिदेवी र शिवजीको प्रेम हाम्रै हैन र ?? लैला अनि मज्नु हाम्रै भेगका हैनन र ? मुना अनि मदनको प्रेम हाम्रै माटोको हैन र ? हुन त हामी विश्वव्यापी भैसक्यौं । संसारभरी छरिएर गैसक्यौं । तर जहाँ गए पनि जे भए पनि के हामीमा आफ्नोपन छैन र ? हामी यहि माटोको हैनौं र ? प्रेम र आत्मियता त हाम्रै परिचय होइनन् र ?

हामी त प्रकृतिका पुजारी हौं । संस्कृतिका भकारी हौं । हामीलाई प्रत्येक दिन प्रेमपुर्ण छ । प्रत्येक क्षण उल्लासमय छ । अनि फेरि यो के को आलाप हो ? भ्यालेनटाइनको किन यत्रो विलाप हो ? अन्यथा अर्थ नलागोस्, म भ्यालेनटाइन डे विरोधी हैन ।


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Advertise
Hike & Write

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button