दोहाबाट ‘दुखी हुन्नन् बाबा’

गीत: दुखी हुन्नन् बाबा

सायु सुसन राई
दोहा, कतार

सम्हालेर अभिभारा दुखी हुन्नन् बाबा
सन्तानको खुशी बोकी कैले रुन्नन् बाबा ।

कयौं पीडा मनभित्रै लुकाइ राख्न सक्ने
पल पलै जली जली हसाइ राख्न सक्ने
त्यागी भनौं या के भनौँ दया सागर रैछौ
जिम्मेवारी सम्हालेरै बाबा बूढो भैछौँ ।

आमा बाबा दुबैजना जिउँदो देवता हुन्
हाम्रै निम्ति मरिमेट्ने कस्ता सखा यी हुन्
घाम पानी हावा हुरी सबै छली दिने
सन्तानको निम्ति सधै ज्योति बनी दिने ।


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button