कमला भासिन, जसले हामीजस्ता युवतीलाई ‘आजाद’ भएर बाँच्न प्रेरणा दिईन्

सम्झना फुयाँल

पढ्ने कि मुझे मनाही हें सो पढ्ना हें
क्यूकी में लड्की हुँ मुझे पढ्ना हें
कुछ कर्ने कि मन में आई हें सो पढ्ना हें
मुझे दर् दर् नहीं भटकाना हें सो पढ्ना हें
मुझे अपने पाओं में चल्नआ हें सो पढ्ना हें
क्यू की में लड्की हु मुझे पढ्ना हें ।

पितृसत्ताको विभेदकारी मूल्य र मान्यताविरुद्ध बोल्न सिकाउने कमला भासिन संसारबाट बिदा भईन् । दक्षिण एसियाली युवतीहरुको आजादीको सपना देख्ने कमला भासिन हामीबीच रहिनन् । २००८ मा जब म पोस्ट ग्रयाजुयेट इन वुमन स्टि स्टडिज पढ्दै थिएँ, त्यही बेला कमला भासिन हाम्रो क्याम्पसमा गेस्ट स्पिकरको रुपमा आएकी थिइन् । उहाँलाइ पहिलो पटक त्यहाँ भेटे पनि ह्वाट इज जेन्डर ? ह्वाट इज फेमिनिजम ? लगायतका उनका किताब र कविताहरु बाट पहिला नै प्रभावित भैसकेको थिएँ ।

उनी जब स्टेजमा जान्थिन् र बोल्थिन्, उनको आवाजले एक किसिमको छुट्टै उर्जा र तरङ्ग पैदा हुन्थ्यो जसले अन्यायविरुद्ध चुप नलाग्न र आफ्नो अधिकार र हकका लागि सचेत हुन प्रेरणा मिल्दथ्यो । उनले हामीजस्ता युवतीहरुलाई ‘आजाद’ भएर बाँच्न प्रेरणा दिईन् । उनको आवाजमा एक किसिमको छुट्टै उर्जा थियो जसले हरेक फेमिनिस्टको मन, मस्तिस्क र हृदयमा ठाउँ बनाएकी छिन् । पछि टेवाको कार्यक्रममा सहभागी हुन जाँदा पनि उनको स्वरमा स्वर मिलाउँदा छुट्टै उर्जा मिलेकोथ्यो जुन मैले आफ्नो कार्यहरु र दैनिक गर्ने व्यहारमा ठुलो भूमिका खेलेको छ । उनले मेरो जीवनमा जुन उज्यालो ज्योति बालेर गईन्, मैले मजस्ता अरु २-४ जना युवतीको जीवन परिवर्तन गर्न सके र आफ्नो हक र अधिकारका लागि सचेत बनाउन सके भने पनि त्यो मेरो लागि ठुलो उपलब्धि हुनेछ । कमलाको भौतिक शरीर हामीबीच नरहे पनि उनी हामीबीच उनका सिर्जनाहरुका माध्यमबाट अमर रहिरहने छिन् । समाजमा परिवर्तन चाहन्छौँ भने हामी आफैबाट सुरु गर्नु पर्छ । परिवर्तनका लागि आफु उदाहरण बन्नु पर्च्छ । स्टोरियोटाइप्स नबन्न र विद्रोहका लागि कमला भासिन जहिले नि प्रेरणाकी स्रोत हुन् ।

फेमिनिस्ट बन्नु पुरुषलाई गाली गर्नु होइन, दुवैले पाउने अधिकारको समानता हो । समान अधिकार र समान अवसर होस् भनी लागिपरेको विद्रोहको चित्कार हो । जुन दिन एउटा महिला स्वतन्त्र हुन्छे, त्यही दिन एउटा पुरुष पनि स्वतन्त्र हुन्छ । जिम्मेवारीसहितको स्वतन्त्रता जब महिलाले पाउँछे, त्यो दिन पुरुष पनि खुल्ला हुन्छ । स्वन्त्रता महिलाका लागि मात्र जस्तो देखिन्छ तर महिला र पुरुष दुवैका निम्ति हो । जसरी एउटा पाङ्ग्रो बिना रथ हिँड्न सक्दैन, त्यसैगरी महिला बिना पुरुष र पुरुष बिना महिला अगाडि बढ्न सक्दैन । फेमिनिस्टको लडाई पुरुषसँग नभएर समाजका अनावश्यक रितितिथिसँग हो । समाजका हरेक वर्गलाई मानव भएर बाँच्न पाउने वातावरण होश भन्ने हो । महिला हुँदैमा उसको क्षमता देखाउने अवसर नै नदियोस् भन्ने सोच हटाउन हो ।

भासिन भन्छिन्, ‘लैंगिकता नै त्यो बाटो हो जसमा समाजले पुरुष र महिलालाई विभेद गरिदिन्छ । त्यसबाटै आउँछ सामाजिक सांस्कृतिक व्याख्या जसले पुरुषले फलानो कुरा गर्ने र महिलाले फलानो गर्ने भनेर छुट्याइदिन्छ । हाम्रो भेगमा महिलाहरूको सशक्त अभियानका ५०-६० वर्षपछि पनि हामी जेन्डर भनेको महिला भन्छौं । जहाँ जेन्डरको कुरा हुन्छ, त्यहाँ महिला मात्र भेला हुन्छन् । जेन्डर महिला र पुरुष दुवैबारे कुरा गर्ने विषय हो । भारत, नेपाल, बंगलादेशजस्ता मुलुकमा जेन्डरलाई लिंगका रुपमा अनुवाद गरेको देखिन्छ । असमानता जेन्डर होइन । जेन्डर लिंग होइन । लैंगिक भेदभाव हो ।लिंग यौनिक र लैंगिक हुन्छ । जेन्डरको कुरा आउँदा सामाजिक लिंग भन्नुपर्ने हुन्छ । सामाजिक लिंग समाजले बनाएको हो । प्रकृतिले होइन । असमानताको जरो यही जेन्डर हो । सामाजिक लिंग हो ।जेन्डर आफैंमा समस्या होइन । पितृसत्ता भन्ने समस्याले यसलाई जन्माएको हो । सोझो अनुवाद गर्ने हो भने यो पिताको सत्ता । आज यसको अर्थ यो हुँदैन । समाजशास्त्रका अनुसार पितृसत्ताको अर्थपुरुष हाबी हुनु हो । पुरुषले चलाएको शासन हो । यो एउटा सामाजिक प्रणाली हो । मेरा पिताले मलाई उनको सम्पत्ति दिँदैनन् भने उनी दानव होइनन् । सामाजिक प्रणाली पछ्याएका मान्छे हुन् । यो प्रणालीमा पुरुष भनेकै विशेष हुन् । कुनै वैज्ञानिक आधारविनै ठोकुवा । जस्तो, हिन्दू धर्ममा ब्राह्मण विशेष हुन् । किनकि ब्राह्मण ब्रह्माको टाउकोबाट उत्पत्ति भएका रे । पितृसत्तामा पुरुषको श्रोतहरूमा पहुँच बढी हुन्छ। त्यसैले निर्णयकर्ता उनै हुन्छन् । विचारधारा उनैले बनाउँछन् । सबथोक उनीहरूकै नियन्त्रणमा हुन्छ । पितृसत्ताले पुरुषहरूलाई मानवताबाट टाढा लगिरहेको छ । मान्छे बन्न दिइरहेको छैन । उनीहरूभित्रको मानवता खोसिरहेको छ । योभन्दा ठूलो नोक्सानी अरू के हुनसक्छ ?’

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button