
सशक्त महिला नेतृत्वका लागि सरस्वतीका १० टिप्स
सरस्वती तिमल्सिना
केन्द्रीय सदस्य, तराई मधेस समन्वय विभाग, नेपाली काँग्रेस ।
केही वडा तहमा महिला नेतृत्व चुनिँदा यो समाचार देशव्यापी भाइरल बनेको छ, यो भनेको महिला नेतृत्वको खोजीप्रति समाज सकारात्मक हुँदै गएको शुभ लक्षण हो तर …
१. महिला नेतृत्वप्रति महिला आफैँले अझै धेरै काम गर्न बाँकी छ ।
२. महिलालाई नेतृत्व सुम्पन दल र दलीय उदारता कम छ ।
३. कोरा राजनीतिबाहेक अन्य पेशा र विषयगत विविध क्षेत्रबाट राजनीतिप्रतिको आकर्षणमा कमी छ ।
४. राजनीतिलाई आर्थिक पक्षले जबर्जस्ती प्रभावमा लिन खोज्दा त्यो प्रतिस्पर्धामा महिलाहरु तुलनात्मक रुपमा कमजोर छन् ।
५. महिला आफैँमा गहिरो आत्मविश्वास र हस्तक्षेपकारी प्रयासमा कमी छ ।
६. पहिलेदेखि नै राजनीतिमा क्रियाशील महिला वडा तहमै रहन मानसिक रुपमा असहज महसुस गर्दैछन् र नयाँ पुस्ताका महिलाले पहिलेदेखि नै पार्टीमा पकड जमाएकाहरुसँगै क्षेत्र, प्रदेश र केन्द्रमा प्रतिस्पर्धा गर्न कठिन छ ।
७. केन्द्रीय नेतृत्वका महिला वा पुरुषलाई अरुलाई ल्याउनभन्दा आफैँ कसरी सुरक्षित हुने भन्ने चिन्ता छ ।
८. समाज केही खुकुलो भए पनि महिला, आदिवासी, जनजाति, दलित र मधेशी प्रतिनिधित्व र आरक्षणलाई बाध्यता वा बोझ सम्झने भित्री मनोदशा अझै व्याप्त छ ।
९. राजनीतिबाहेक जीवन निर्वाहका अन्य वैकल्पिक आयको भरपर्दाे क्षेत्र नदेखिनुका साथै पुख्र्यौली सम्पत्तिमा महिलाको अधिकार तुलनात्मक रुपमा कम छ ।
१०. राजनीतिमै लागेका महिलाले पनि राजकीय पदहरुमा ठाउँ नपाएका कारण भोलि के होला भन्ने भयले राजनीतिमा हाम्फाल्ने आँटमा अझै बलियो भइसकेको छैन ।
दिदी बहिनीहरु ! यी सबै समस्याको समाधान आफैँले गर्ने हो, आत्मविश्वास जगाऔँ, जागौँ र नेतृत्व लिएर अघि बढौँ । पोखरीको डिलमा उभिएर होइन, पानीमा पसेरै पौडी पार गरौँ र गतिशील, सिर्जनशील र वैचारिक महिला नेतृत्व स्थापित गरौँ ।
सबैलाई शुभकामना ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)



