नेपालनाम्चाको ‘राजनीति’मा निमा गिरी

राजनीतिमा कहिलेदेखि लाग्नुभयो ?
१७ बर्ष पुरा भयो सक्रिय भएको ।

राजनीतिमा कसरी र किन लाग्नु भयो ?
बुबाको प्रेरणा, ज्ञानेन्द्र राजाको कु पछि ।

राजनीतिक जीवनमा तपार्ईंले सुरुदेखि अहिलेसम्म के कस्तो जिम्मेवारीमा रहेर काम गर्नुभयो ?
विशुद्द कार्यकर्ता, नेविसंघ इकार्इ सदस्य, सचिव अध्यक्ष, विश्वविद्धालय उपाध्यक्ष, जिल्ला नेविसङ उपाध्यक्ष, केन्द्रिय कोषाध्यक्ष उम्मेदवार, प्रदेश सांसद उम्मेदवार, महिला संघ जिल्ला सचिव, पार्टी महासमिती सदस्य ।

जे सोचेर राजनीतिमा लाग्नु भयो, के त्यस अनुसारको प्राप्ति भएजस्तो लाग्छ ?
केही प्राप्ती छ ।

राजनीतिमा लागेर के पाउनभयो रु गुमाउनुभयो ?
मैले आफुलाइ थप आत्मविश्वासी बनाउन पाउँ । सबैको साझा बन्ने कुरा गुमाएँ जस्तो लाग्छ ।

अहिलेको राजनीतिक स्थितिबाट सन्तुष्ट, असन्तुष्ट के हुनुहुन्छ ?
असन्तुष्ट छु, आसावादी छु ।

राजनीतिमा लाग्दाका रमाइलाहरु सम्झनु हुन्छ रु अनि नरमाइलाहरु त ?
नितिमा सुधार गर्न पाएको, आर्थिक अभावमा संगठन गर्न स्कुल स्कुल गएको, राजनिति नै नबुझेको र नेतृत्व गर्न नसक्ने ब्यक्तिले राजनीतिक नियुक्ति र अवसर पाएको देख्दा दुख लाग्छ ।

तपाईंको आदर्श को को हुन् ?
मेरो आमा, बा र बिपि कोइराला ।

तपाईं राजनीतिलाई कसरी व्याख्या गर्नु हुन्छ ?
समाजको अपरिहार्य कुरा हो, जो बुझ्नु र बुझाउनु जरुरी छ ।

जे सोचेर राजनीतिमा आउनुभयो, फर्केर हेर्दा पछुतो त लाग्दैन नि ?
पछुतो छैन तर कहिलेकाही सोच विचार नगरी कसैको पछि कुदिएछ जस्तो लाग्छ ।

राजनीतिबाहेक तपाईंको रुचिकोे क्षेत्र के हो ?
फुटबल, आर्टिकल लेख्न, कथा लेख्न र घुम्न ।

यदि तपाई राजनीतिमा नभएको भए कहाँ हुनुहुन्थ्यो ?
बेस्ट प्लेलयर अथवा सरकारी अधिकृत ।

राजनीति फोहोरी खेल हो पनि भन्छन्, कतिपयले । तपाईंलाई के लाग्छ ?
राजनिती फोहरी होइन, फोहरी व्यक्तिले राजनितिमा अवसर पाएका हुन् ।

राजनीतिमा लाग्ने मानिसमा नभई नहुने ३ वटा गुण के हुन् जस्तो लाग्छ तपाईंलाई ?
धैर्यता, सोच, तटस्थता र चातुर्यता ।

के राजनीति सत्तामा पुग्ने एउटा प्रकृयामात्र हो कि त्यसभन्दा फरक ?
राजनीति युग बदल्ने कुरा हो ।

दश बर्षपछि तपाईंलाई भेट्दा तपाईंलाई राजनीतिमै भेटिन्छ कि अन्त कतै ?
राजनितिमा नै भेट्नुहुन्छ ।

साना नानीहरुलाई तपाईं एक राजनीतिकर्मीको हिसाबले के भन्नु हुन्छ ?
राजनीति बुझ, इतिहास अध्ययन गर र गलतलाई गलत भन्ने बानीको विकास गर ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button