कम्युनिस्ट त यस्तै हुन्, संकटको मूलकारण काँग्रेस
केशवप्रसाद भट्टराई
१. कम्युनिस्ट भनेका त यस्तै हुन् । कारण थिए- प्रचण्ड, माधव र वामदेव तर उनीहरूको स्वार्थ, महत्वाकांक्षा, कुण्ठा र आग्रहको परिणाम बनेका ओलीमाथि सवै खनिएका छन् । यो वा त्यो निहुँ, नभए अर्को निहुँ निस्कन्थ्यो । अर्को कारण खोज्दथे उनीहरूले ! पार्टीभित्रको जो बलियो छ, जो मेरूदण्डको रूपमा रहेको छ, उसैलाई सबैतिरबाट हान्नु स्वाभाविकै हो !
२. कम्युनिस्टहरू शान्ति, स्थिरता, एकता र समृद्धिको कारण त बन्न सक्दैनन्, सक्दैनन् भन्ने प्रष्ट हुनै थियो । त्यसकारण पनि यो स्वाभाविक थियो । मुलुकमा राजनीतिक समस्या आउँछन्, विवाद र चुनौती पनि आइरहन्छन्- रामराज्यमा त विवाद आउँथ्यो ! आज ओली राजमा नआउने कुरै भएन । तर, मूल समस्या भनेको कम्युनिस्ट पार्टी भित्रको यो सङ्कटले मुलुक र राजनीतिक दलहरूलाई लक्ष्यहिन र दिशाहिन बनाएको छ ।
हुन त कम्युनिस्ट भनेकै लक्ष्यहिन र दिशाहिन तर थोत्रा र सन्दर्भ तथा औचित्यहिन नाराजिवी समुदाय हुन् । यिनले मुलुकलाई दिशा, लक्ष्य र गति दिन नै सक्दैनन् । शान्ति, स्थिरता, प्रगति र समृद्धिका विरोधी शक्ति हुन् यिनीहरू । यो त प्रष्ट नै थियो ।
३. तर, आजको सङ्कट र समस्याको मूल कारण काङ्ग्रेस विचारहिन, दिशाहिन, लक्ष्यहिन र गतिहिन हुनु हो । काङ्ग्रेसमा अभाव थिए र छन्- कति हो कति छन् तर काङ्ग्रेसको आन्तरिक राजनीतिका कारण उत्पन्न सङ्कटमा पनि मुलुक सामू एउटा स्पष्ट मार्ग चित्र हुन्थ्यो । जस्तै सङ्कट र चुनौती माझ पनि यौटा बाटो त देखिन्थ्यो !
ठिक बेठिक जस्तो भए पनि एउटा लक्ष्य र दिशातर्फ त मुलुक अघि बढेको हुन्थ्यो । तर अहिले ?
काङ्ग्रेस नाविक बन्न सकेन, सङ्कट पार लगाउने माझी बन्न सकेको देखिएको छैन १
सत्तारूढ दलको प्रचण्ड र माधव नेपाल गूटको खेलौना बनेर रहने रहर पालिरहेको देखिन्छ ।
बाह्र बुँदेपछिको स्खलित र गलित काङ्ग्रेस अवसर बाँड्ने, अवसर खोस्ने, कमाईधमाई गर्ने र फटाहा कुरा गरेर चुनाव लड्ने एउटा राजनीतिक यन्त्र मात्रै बन्न पुगेको छ ।