दशैं विशेष : दुर्गा सप्तशतीको विधिशास्त्रीय महिमा
डा. राजेन्द्रकुमार आचार्य ।
वहुजन हिताय वहुजन सुखाय भन्ने हिन्दु दर्शनको सिद्धान्तलाई अंग्रेजीमा ग्रेटेष्ट हेपिनेस अफ ग्रेटेष्ट नम्वर अफ पिपुल भन्ने वेन्थम, स्टुअर्ट मिलजस्ता अङग्रेजहरुको सिद्धान्तलाई विश्वविद्यालयमा धुमधामका साथ पढाईन्छ । हामी माल पाएर चाल नपाएका उपवुज्रुक समाजमा पर्दछौ ।
यतिखेर हिन्दुहरुको महान पर्व दशै चलिरहेको छ । दशैमा पाठ गरिने दुर्गासप्तशतीको महत्व के पूजापाठमै मात्र सिमित छ त ? यसबारे प्रस्तुत आलेखमा प्रष्ट पार्ने प्रयास गरिएको छ । आधुनिक हिन्दु विधिशास्त्रले कानूनको श्रोतको रुपमा श्रुति स्मृतिहरुलाई शिर्ष स्थानमा राखेको छ । श्रुतिमा व्यक्त भएका दण्ड वचन तथा राज्य सञ्चालनका कुराहरु आधुनिक न्याय व्यवस्थाका मूल हुन । श्रुतिलाई भन्दा स्मृतिहरुलाई त हुवहु पालन गर्दे आधुनिक संसदले पास गरेका कानून भन्दा शिर्ष स्थानमा राखिन्छ । आधुनिक अदालतहरुले कानूनको व्याख्या गर्दा कुनै अडवड परेमा यस्ता श्रोतहरुलाई साथ लिएर व्याख्या गर्ने गरिन्छ । भारतमा भने धार्मिक ग्रन्थहरुको आधारमा हजारौ फैसलाहरु भएका छन् । महाभारत रामायण तथा वेदहरुका ऋचा तथा स्मृतिका श्लोकहरु आधिकारिकताका साथ उद्धरण गरिन्छ । हिन्दु धर्मावलम्वीका पारिवारिक कानूनहरुको व्याख्या गर्दा हिन्दु धार्मिक ग्रन्थहरुको सहारा लिने काम वेलायत, अष्ट्रेलियालगायत विश्वका विभिन्न देशहरुमा गरिन्छ । नेपालमा सर्वोच्च अदालतका न्यायधीश गजेन्द्रकेशरी वास्तोला रहुन्जेल हिन्दु दर्शनलाई विधिशास्त्रीय रुपमा अगाडि बढाइए पनि उहाँको देहावसानपछि उहाँको मार्गलाई अवलम्वन गरिएको पाइदैन ।
दशैमा पाठ गरिने दुर्गा कवजले सुरक्षाको प्रवन्धलाई विशेष जोड दिएको छ । आधुनिक सुरक्षा सम्वन्धी कानूनको श्रोतको रुपमा दुर्गा कवज प्रधान रहेको छ । दुर्गा कवजको पहिलो श्लोक “ॐ यदेगुहं परमं लोके …. पितामह” को अर्थ र्माण्डेय ऋषीले ब्रहजीसँग मनुष्यहरुको रक्षा हुने उत्तम गोप्य उपाय सोधनी गरेका भन्ने हुन्छ । यसैबाट दुर्गा कवजको प्रारम्भ भएर प्राप्नोती पुरुषो नित्यं….हि मोदते मा आएर समाप्त हुन्छ । यसको अर्थ महामाया भगवतीबाट उत्तम रुप पाएर आनन्द प्राप्त गर्ने भन्ने हुन्छ । देवीका रुप भनेको आधुनिक राज्य संञ्चालनका कार्यपालिका व्यवस्थापिका तथा न्यायपालिकाका संवैधानिक पद पदाधिकारी हुन् । नौ दिनका नौ रुपले प्रत्येकको विभागलाई संकेत गर्दछ । दुर्गा कवजको पाठ गर्ने भन्नाले प्रचलित कानूनको अनुशरण गर्नु भन्ने हुन्छ । कानूनको पालन गर्नाले सामाजिक रुपमा कल्याण हुने कुरामा विवाद छैन । कानून पालन गर्नाले कानून तोडनेहरुलाई दण्ड प्रदान गर्न सकिन्छ । जसबाट समाजमा शान्ति, कल्याण, नैतिकता सदाचारको विकासको हुन्छ । हिन्दू दर्शनको कल्याणले दण्डहीनतालाई बुझाउँछ । देवीहरुको वाहनहरुको उल्लेखनले वातावरण तथा तिनीहरुमा निर्भरता, अन्तरसम्वन्धको कुरालाई बुझाउँछ । आज वातावरणको विनाश गरी मानिसले आफनो मात्र नभएर भावी पुस्ताको अधिकारलाई समेत हनन गरिरहेको परिप्रेक्ष्यमा हामीले पाठ गर्ने दुर्गा कवजले वातावरण, मानिस, जीवजनावर र जङ्गलको महत्वलाई दर्शाइराखेका छ । तिनीहरुको रक्षा गरेर मानव कल्याणमा उपयोग गर्न भनिराखेको छ । देवीहरुका वाहन भैसी, गरुढ, कमलको फूलमा आसिन, हंस, मयुर, प्रेत, आदिको वर्णनले प्रत्येकको अन्योन्याश्रितताको तथ्य प्रष्ट पारी राखेका छ । घरपालुवा पशुपंक्षीदेखि जङ्गली जनावर एवम पंक्षीहरुको उल्लेखनले आधुनिक वातावरणाीय कानूनमा उल्लेखनीय योगदान गरेका छ । शङख, चक्र, गदा, शक्ति, हलो, मुसल आदिको प्रयाप्त मात्रामा चर्चा गरिएको छ । कृषि विज्ञानदेखि लिएर युद्धसम्मको वयान बढो सुन्दर ढंगले गरिएको छ । विभिन्न हतियारको वर्णनले शस्त्र विद्या तथा शस्त्र निर्माणको कुरालाई बुझाएको छ । सम्पूर्ण दुर्गा कवज अध्ययन गर्दा कहि पनि पूजा स्वाहाको कुरा आउँदैन ।
मानव शरीरको विभिन्न भागमा विभाजित गर्दे मानवले विचरण गर्ने विभिन दिशाहरुमा रक्षा गर्नको लागि विभिन्न देवीहरुलाई जिम्मेवारी सुम्पिएको छ । जस्तै पूर्वमा इन्द्राणी, आग्नेयमा अग्नि, दक्षिणमा वाराही, नैऋत्यमा वारणी, वायव्यमा मृगवाहिनी, उत्तरमा कौमारी, ईशानमा शूलधारिणी, माथितिर बहणी, तलतिर वैष्णवी, चामुण्डाले दशै दिशााको रक्षा गर्न भनेर तोकिएको छ । त्यसैगरी विजादेवीले मनुष्यको पछाडि, अजिताले वामपाश्ह्र्वतिर, अपारजिताले दाहिनेतिर, उद्यातिनीले शिाखामा, उमाले शिरको, निधारको कालधारी देवीले, यशस्विनीले आँखीभौको, आँखभिौको वीचमा त्रिनेत्रादेवीले, यमघण्टाले नाककको, दुवैनेत्रका वीचमा शङखिनीले, द्धारवासिनीले दुई कानको, दुवै गण्डस्थलको कालिका देवीले, कानको जराको शाङ्करी देवीले, नासिककाको सुगन्धादेवीले, माथिल्ला ओठहरुको चर्चिकाले तल्ला ओठको अमृतकलाले, हिमा सरस्वतीले, दाँतको कौमारीले, कण्ठमा चण्डिकाले, रुद्रघण्टीको चित्रघण्टाले, तालुको महामायाले, चिउडाको कामाक्षीले वचनको सर्वमङ्गलालो, ग्रीवाको भद्रकालीले, पिठको धनुर्धारिणीले, कण्डका वाहिरि भागमा नीलग्रीवाले, सम्पूर्ण नसाहरुको नलकूवरीले दूई काँधको खङ्गिनीले, वाहिरुको वज्रधारिणीले, हातको दण्डिनीले,औलाहरुको अम्विकाले, नङहरुको शूलेश्वरीले, कोखामा नलेश्वरीले, दुईस्तनको महाादेवीले, मनको शोकविनाशिनीले, हृदयको ललितादेवीले, पेटमा शूलधारिणीले, नाभिको कामिनीले, गुह्याको गुहेश्वरीले, मेढ्रको पूतना र कामिकादेवीले, गुदद्धारमा महिषवाहिनीदेवीले, कटीमा भगवतीले घुँडामा विन्धवासिनीले, तिघ्रामा महावला आदि विभिन्न देवीहरुलाई शरीरका विभिन्न भागहरुको रक्षा गर्नुको लागि जिम्मेवारी प्रदान गरिएको छ । यो आधुनिक चिकित्सा विधिलाई पनि संकेत गर्दछ भने सृरक्षा सेन्ट्रिलाई पनि बोध गर्दछ । श्लोक संख्या ४८मा रहेको जीवेद्धर्षशतं …..लूताविस्फोटकादय ः श्लोकले अपमृत्यु आदि सम्पूर्ण नाश भई सय वर्षको आयु हुन्छ । लूतो, खटिरा आदि सम्पूण रोगहरु नाश हुन्छन भन्ने अर्थ प्रदान गर्दछ । यसले चिकित्सा विज्ञानलाई दर्शाउछ । त्यसैगरी जपेत्सपतशतीं चण्डी… सशैलवनकाननम भन्ने श्लोकले कवज पाठ अथाए सुरक्षा कानून पालनकर्ता व्यक्ति त्याहसम्म पुग्छ जहाँसम्म पृथ्वी, पर्वत, वनलेयुक्त रहन्छ भनिएको छ । दुर्गा कवजमा कहि पनि धर्म भनेर टपरा टकटकाउने वाहुनको अर्थ दिने श्लोक छैन अपितु राजनीति, चिकित्सा विज्ञान, रक्षा नीति, श्रमविभाजन जस्ता कुराहरुको वर्णन छ जुन आधुनिक विधिशास्त्रको विकासको मूल जरो रहेको छन ।
त्यसैगरी अर्गलास्त्रतोत्रमको शुरमै आउने जयन्ती मङ्गला काली भद्रकाली कपालिनी । दुर्गाक्षमाशिवाधात्रीस्वाहास्वधा नमोऽस्तुते।। भन्ने श्लोका उच्च महत्व रहेको छ । यो श्लोकमा श्रृष्टि, पालन, तथा संहारको तिनै कुरालाई एकैचोटी सम्वोधन गरिएका छ । हे देवी जयनती रुप, मङ्गला रुप, कालीरप्, भद्रकाली रुप, दुर्गा रुप, क्षमा रुप, शिवा रुप, धात्री रुप, स्वाहा रुप, स्वधा रुप भएकी यस्ती हजूरलाई नमस्कार भनिउको छ । श्लोकहरुको अर्थ सामान्य हिसावबाट निस्कदै प्रत्येक श्लोकहरु लाक्षणिक रहेका छन । उनीहरुको कार्य प्रकृति तथा विशेषताहरुको आधारमा विशलेषण गर्नु पर्ने हुन्छ । हरुेक ठाँउमा शत्रु नाशको कुरा आएको छ । शत्रु भन्नाले समाज विरोधी तत्वलाई लिइएको छ । समाज विराधी तत्वहरुमा अपराधी, सामाजिक मान मर्यादा भंग गर्ने, कानून तोडने तथा कानून तोडन उक्साउने, मद्दत गर्ने आदि पर्दछन । दैत्यलाई मारी भक्तलाई सुख सन्तोष दिने भन्नाले कानूनको पालन भए पछि समाजमा कानूनको शासन हुन्छ । कानूनको शासनमा सुखको परिकल्पना गरिएको हुन्छ । सुख शब्दले शान्ति अमन चयनलाई बुझाउछ । दैत्यलाई मार्ने भन्नाले समाज विरोधी तत्वलाई समाप्त पार्ने भन्ने अर्थ हुन्छ । यसले दण्डमा रहेका प्रतिशोधात्मक तथा निवारणत्मक सिद्धान्तको प्रतिनिधित्व गर्दछ । दण्डको यो सिद्धान्तलाई अपराधी तथा समाज विरोधी तत्वलाई समाप्त पार्ने जस्तालाई त्यस्तो दण्ड दिने भन्ने हुन्छ । चोरको हात उम्लेको पानीमा डुवाइदिने दण्ड धेरै समयसम्म चलेका थियो । यतिखेर अरेवियन देशहरुमा वलत्कार गर्नेलाई पहिलो पटक भए लिङ्गमा करेन्ट लगाइदिने दोश्रो पटकमा लिङ्गछेदनको सजाय दिइन्छ । दैत्य मार्ने भन्नाले मृत्यु दण्डको सजायलाई वकालत गर्दछ । दैत्य भन्नाले आधुनिक अपराधमा अपहरुण गरेर फिरौती समेत लिने तर अपहरितको ज्यान मार्ने अपराधी, वलतकार गर्ने अनि ढुङ्गाले किचेर मार्ने अपराधीलाई लिईन्छ । दैत्यले अपरा।धको भयंकर रुपलाई संकेत गर्दछ । क्रुर प्रकृतिका अपराध गर्नेलाई अहिले पनि गाली गर्दा दैत्य राक्षस भन्ने गरिन्छ । क्रुरताको मनसिक अवस्था नै दैत्य हो । त्यस्तो दैत्यलाई कारवाही गर्ने काम देवीले गर्ने भनेको न्याय सम्पालनमा महिला न्यायाधीशको भूमिका प्रमुख रहेको भन्ने हो । आधुनिक न्याय सम्पादनमा पनि महिला न्यायधीशहरुले तथ्यहरुको राम्रो विशलेषण् गर्न सक्छन भनिन्छ । उत्पिडनको अनुभव पुरषलाई भन्दा महिलालाई थाहा हुन्छ । त्यसलै खासगरी समाज विरोधी क्रियाकलापहरुको वारेमा महिला न्यायधीशले तथ्य राम्ररी बुझन सक्छन भनिनछ । जस्तै वलतकार केसमा तथ्यको विश्लेष्ण गर्दा पुरषले पुरष भएर प्रमाणको अभाव भन्नेतिर व्याख्या गर्दछ भने महिला न्यायधीश भयो प्रमाण के कारणले कमि हुन गएको हो भन्ने सम्वन्धमा महिलाको आर्तनादलाई राम्ररी विश्लेषण गर्दछन । यस कुराको झक त हाम्रो नेपाली फैसलाहरु हेरे पनि पुष्टि हुन्छ ।
दुर्गा सप्तशतकिो धेरै पाठहरुमा रुप, जय, यशको कामना गरिएको छ । सो कुराको प्राप्ती प्रक्रियामा असुर, राक्षस,दैत्य, शत्रु आदि विरोधी तत्वहरुको समाप्त पार्ने भनिएको छ । यि तत्व भनेकै अपराधी हुन । अपराधीलाई मार्ने कारवाही गर्नाले समाजमा जहिले पनि शान्ति र सुख नै प्राप्त हुन्छ । मनुष्य समाजमा विद्या, कीर्ति, लक्ष्मी प्राप्त हुन्छ । माछाको वल पानीमा भने जस्तै निर्धाहरुको वल कानून र न्यायमा हुन्छ । आलोचकहरुले देवीको स्तुतीलाई चाकडी गरेका भनि भन्ने गरेका पाईन्छ । त्यत्तिवेलाको समयमा स्तुततिको मतलव घचघचाउनु, ढोका ढकढकाउनु भन्ने हो । यतिखेर पनि प्रहरुी बोलाउने, अदालतमा मुद्दा हालेर कानूनको दुहाई दिने काम एक प्रकारको कानून र न्यायको चाकडीको नै हो ।
कीलकस्त्रोत्रम गोप्य मन्त्र भनिएको छ । कीलकस्त्रोत्रम को पाठ अर्थात पालना गर्नाले सिद्धिहरु अर्थात समाजका असल चरित्र भएका प्रज्ञावान नागरिकहरुले पुण्य अर्थात सन्तोष, सुखशान्ती, अमन चयन, शान्ति प्राप्त गर्दछन ।
कूल चण्डी अर्थात दुर्गासप्तशती भनेर पाठ गरिने सप्तशती १३ अध्यायमा विभक्त छ । यसमा सूर्यका अष्टम छोरा सावर्णि राजाको राज्य तथा उनको पतन, राज्यको पुन प्राप्ती, न्याय तथा कानूनी व्यवस्था, आर्थिक व्यवस्था, रक्षा नीति, राज्यका कर्मचारीहरुको चरित्र तथा उनीहरुमा हुुन पर्ने योग्यता, आदिको राम्ररी वर्णन गरिएको छ । नेता तथा राजा कस्ता हुन पर्दछ नागरिकहरुको भलाईको लागि के कति सम्म गर्न सक्दछन भन्ने कुरालाई सविसतार वतायएको छ । यतिखेर नेपाली राजनेताहरुले चण्डीको नेपाली रुपान्तरण गरेर एक चित्त भई सुनेर मनमा लिएमा वर्तमान समस्यको अन्त्य हुन्छ भन्ने कुरामा दुईमत रहदैन । नेपालमा राजा, राजा जस्ता भए वास्तविक राजा हुन सकेनन, नेता, नेता जस्ता भए वास्तविक नेता हुन सकेनन । त्यसको परिणााम नेपाली जनताले अहिले भोगेका कुरालाई चण्डीमा सविस्तार छ । तुलना गरेर हेर्ने हो भने सम्पूर्ण कथाहरु नेपाली राजनीतिसँग मिल्छ । पृथ्वी नारायाणको एकीकरण, सुगौली सन्धि, २००७ सालको घटना, २०४६ तथा राजाको पतन भएर गणतन्त्रको स्थापना सम्मका चरित्र सावर्णि नामक राजाको उत्पत्तिको कथा अध्ययन गर्नाले स्पष्ट हुन्छ । पृथ्वी मण्डलमा चक्रवर्ति राजा सुरथनामाले आफना नागरिकलाई आफनै सन्तान झै पालन गरे पनि शक्ति क्षिण हुँदा नागरिकहरु दहीच्युरे राजनीति गरेर शत्रुलाई नै वल पु¥याउने काम गर्दछन भन्ने कुरा हजारौ वर्ष पहिल्यै नै परिकल्पना गरिएको छ । यतिखेर नेपालमा विदेशीको चलखेल हुुन र स्वारोचिष मनुका सन्तान सुरथनाममा राजाका विरुद्धमा कोलविंध्वंशी राजाहरुको चरित्र उनीहरुले चालेका राजनैतिक गोटी एकै हुन । चण्डीकै प्रथम अध्यायमा पारिवारिक कानूनको राम्रो वर्णन छ । समाधी नामको वैश्यलाई उसकी श्रमती तथा सन्तानले धनको लोभमा परी बुढोलाई घरबाट निकाला गरिदिए पछि छटपटाउदै हिडको घटना वर्तमान अंशष्ण्डा सम्वन्धी कानून , ज्येष्ठ नागरिक सम्वन्धी ऐन, २०६३को उत्कृष्ट उदाहरुण हो । सोही अध्ययामा चेतना पशुपांी चरा जनावर आदिमा पनि हुन्छ भने कुरालाई वर्णन गर्दे सबेको सवैसँग अन्तरसम्वन्ध हुन्छ भन्ने कुरालाई स्पष्ट पारिएको छ । समस्यामा परेका राजा वा घरवाट निकालिएका व्यक्ति जो हुन उनीहरुलाई ऋषीले भगवतीको शरणमा जान उत्प्रेरण गर्दछन । त्यत्तिखेरका ऋषीहरुले आधुनिक वकीलहरुको भूमिका निर्वाह गरेका देखिन्छ । ती ऋषीहरुले आजका नेपालाका वकीलहरुले ज्यानमारालाई आदलतमा इन्कार हुन सिकाए जस्तो वकालत नगरेर अपराध स्वीकरा गर्न लगाएर प्रायश्चित गर्न लगाउनथे । भगवती भनेकी न्यायधीश हुन । न्यायधीश समक्ष जाने बाटो ऋषीहरुले देखाउने गरेका पाईन्छ । चण्डीमा देवताहरुले पनि राक्षसका कारण दुख पाएको घटना उल्लेख गरिएको छ । देवता भनेको न्याय मार्गी हुन समाजको उच्च चरित्र भएका नैतिक प्रज्ञावान नागरिक हुन । उनीहरुलाई पनि दुष्ट चरित्र भउका व्इक्तिहरुले दुख दिएको र दुष्टलाई पराजीत गर्नको लागि ठूलो नयायिक युद्ध लडनु परेका अवस्था छ । खासगरी भगवती, दुर्गा आदि देवीहरुले युद्ध लडेका भनिएको महिला न्यायधीहर भएर कानून तथा न्यायको व्याख्या गरेको अवस्था हो । पुरुषहरुले पुरुषजस्तो भएर कानून र न्यायलाई प्रयोग गर्दा धेरै अपराधीहरु न्यायको कठघराबाट छुटेर गए पछि समाजमा उनीहरुको त्रासताको मात्रा बढदै गउको र अपार।धीहरुको स्वर्ग स्थल भएको कराण समाजमा वस्न लायक नभए पछि पुरानो सामाजिक मयादालाई परिवर्तन गर्नुको लागि महलिाको उल्लेखनीय योगदान भएको छ । पूरुष निदैृशित समाजलाई महिलाको भूमिकाको रपमा रुपान्तरण गर्दा आएको हलचल नै युद्ध हो । समाजको परिवर्तन नचाहने तत्वसँग जहिले पनि युद्ध लढनु पर्ने हुन्छ । जस्तै अहिले नेपालमा पनि रुपान्तरित व्यवस्थालाई वचाउने र पुनरुत्थानवादीहरुसँग भएको वैचारिक लगायतका अन्तरविरोध यसैको उदाहरुण हो ।
चण्डीमा वर्णन गरिएको रजोगुण, सत्वगुण, तमोगुणले समाजमा भएका मानिसहरुको मानसिक चरित्रलाई उजागर गर्दछ । मानसिक विज्ञानलाई चण्डीमा राम्ररी विश्लेषण गरिएको छ । व्यक्तिको गुणहरुको आधारमा दण्ड दिने कुरालाई प्रमुखता दिइएको छ । वर्तमान कानूनमा जानी जानी, नियतवश जस्ता शब्दहरु राखेर कानूनको निर्माण गरिएको लाई उही पुरानो गुणहरुको विश्लेषण गरिएको अवस्था हो । न्यायाधीशहरुले पनि दण्ड तोक्दा नियतवश गरेका र भवितव्य, हेलचक्रयाई, लापरवाही के केराण घटना भएको हो भनेर विश्लेषण गर्दछन ।
देवीलाई सवै देवताहरुले आ–आफना शस्त्र अस्त्र प्रदान गरेर सर्वशक्तिमान बनाएको प्रसङ्क चण्डीको दोश्रो अध्यायमा निकै सुन्दरका साथ वर्णन गरिएको छ । यसबाट कोही पनि आफैमा पूर्ण हुन सक्दैन । कुनै पनि नविन कार्य गर्दा हरेका तह र तप्काका व्यक्तिहरुले आ–आफना क्षेत्रबाट सहयोग गर्नु पर्दछ । अनी मात्र परिवर्तन गर्न र परिवर्तन व्यवस्थापन गर्न सकिन्छ भन्ने कुराको सन्देश प्रदान गर्दछ । नेपालको समस्या भनेका सबैले इमान्दारिताका साथ आफनो भूमिका निर्वाह नगरेको भन्ने कुरामा वहश गरि रहन नपर्ला ।
देवीको गर्जन हुँदा सम्पूर्ण व्र्रिश्व जगत डरले काप्न लाग्यो भन्ने कथाको न्यायिक महिमा निकै ठूलो छ । अरु सुतेका वखत पनि दण्ड जागा नै रहन्छ । न्यायको गर्जन डरलाग्दो नै हुन्छ । समाज विरोधी तत्वहरु जव कठघरामा उभिन्छन तयतिखेर उनीहरुमा प्राप्त गर्ने दण्डको भय यति ठूलो हुन्छ कि उसले अपराध गर्दा पीडितले प्राप्त गरेको क्रुर यातना भन्दा पनि ठूलो हुन्छ । हाम्रा वैरीहरुलाई भय दिनु हवस भनी दोश्रो अध्यया ३३–३६ श्लोकमा गरेको पुकारले न्यायको गर्जनलाई संकेत गर्दछ ।
चण्डीमा राक्षस दैत्यहरुलाई शुरुमा आत्म समपर्णको मौका पनि प्रदान गरिएको छ । जुन आधुनिक फौजदारी कानूनको एक प्रमुख अवयव पनि हो । त्यसै गरि आत्मरक्षाको सिद्धान्तलाई पनि राम्ररी उल्लेखन गरिएको छ । दैत्यले जव देवीलाई ज्यानको धम्कि तथा अन्या काम वासनाले आक्रमण गनए थाल्दछन तव मात्र युद्ध गरिएको छ । आत्म रक्षाको क्रममा कसैलाई मार्न पुगिएमा पनि आधुनिक कानूनले पनि सजाय नगरेर आपतको वेलामा वल प्रयोग गर्न पाउने सिद्धान्तलाई संरक्षण गरिएको छ । आत्म रक्षा तथा समपृणको सिद्धान्तलाई चण्डीको तेश्रो अध्यायमा विवेचना गरिएको छ ।
पाप अर्थात अपराध गर्नाले उत्पन्न भय निकै डरलाग्दो हुन्छ । चौथो अध्यायमा पापको परिणतीको वारेमा विश्लेषण् गरिएको छ । त्यसैगरी सत्य अर्थात न्यायको जित भए पछि हुने आनन्दको पनि यसमा चर्चा गरिएको छ । एक झगडीया जव आफूले न्याय प्राप्त गर्दछ त्यस अवस्थामा उसले प्राप्त गरेका सन्तोष वर्णन गरी साध्य हुदैन । उ निकै खुशी हुन्छ । सुखानुभूति गर्दछ । त्यसै कुराको वर्णन चौथो अध्यायमा गरिएको छ । त्यस्तो न्याय सम्पादनमा गरिने स्वविवेकक, साम्या, तथा व्रह्म न्यायको पनि आधार चण्डीमा पाईन्छ ।
पाचौ अध्ययामा अधिकार र कर्तव्य जुन आधुनिक विधिशास्त्रको केन्द्रविन्दू हो त्यसको राम्ररी वर्णन गरिएको छ । शुम्भ निशुम्भले अरुको अधिकार खोसेर सबै आफैले उपभोग गरेका र त्यसबाट निरङकुश एवम क्रुरताको उदय भएको घटना उल्लेख छ । कर्तव्यको पालना नगर्नाले विकृति ल्याउने कुरा निश्चित छ । अपराधको एक कारण पनि कर्तव्यको पालना नगर्नु पनि हो । नेपालमा राजा ज्ञानेन्द्रले कार्यकारिणी अधिकार हातमा लिनु र शुम्भ निशुम्भले देवताको अधिकार खोसेर स्वर्गबाट निकालिदिएको घटना एकै हो । जहाा अधिकार हुन्छ त्यहा कर्तव्य पनि साथै रहन्छ भन्ने विधिशास्त्रीय मान्यताको समर्थन प्रमाण चण्डीको पाचौ अध्याय हो ।
शक्तिले मानिसलाई भ्रष्ट पार्दछ भन्ने कुरालाई चण्डीको छैठौ, सातौ, आठौ, नवौ अध्यायमा विश्लेषण गरिएको छ । नेपालमा बन्दुक, झण्डा र डण्डाको आडमा नेपाली नागरिक माथी गरिएको ज्यादती र शुम्भ निशुम्भले देवीलाई काम वासना समेतको आसय राखेर आफना दूतहरुलाई ल्याउन लगाउने, चुल्ठो समातोर घिसारेर भए पनि ल्याउन भन्ने लगाएतका कुराहरु एकै हुन । देवी माथी गरिएका व्यवहारले अपराधको प्रकृतिलाई दर्शाउछ ।
त्यसैगरी चण्डीमा येद्ध नियमालाई पनि समावेश गरिएको छ । युद्ध समान समानका वीचमा हुने गर्दछ । समान हतियार तथा वचवको अवसर पनि प्रदा नगरिने सुन्दर युद्धको नियम रहेको छ । पहिले सम्झाएर युद्ध नगर्न तथा आतमसमपृण गर्न प्ररित पनि गरिएको छ । यतिखेरको युद्ध हेर्ने हो भने हातमा सानो चक्कु पनि समाउन डर माग्नेहरुलाई वन्दुक र खुकुरीले आक्रमण गरेर दुश्मन मारिएको भनेर प्रचार गरिन्छ । त्यस्तो विरलत्तम भन्दा विरलत्तम अपराधीहरुलाई मया गर्नु हुदैन उनीहरु समाजका लागि सदैव धम्किको रपम ारहेका हुन्छन त्यसतालाई समाप्त पारिदिनु पर्दछ भन्ने मृत्युदण्डको समर्थनमा व्यक्त गरिने तर्कलाई चण्डीमा यत्रतत्र पाईन्छ ।
विभिन्न अध्यायहरुमा प्रत्येक पटक दैत्यको विनाश पश्चात देवीको जयजयकार गरिएको प्रसङ्ग छ । यसले असल, न्यायी धर्मात्मी न्यायधीशहरुको जहिले पनि जहाँ पनि सम्मान हुन्छ । प्रसंशा गरिन्छ भन्ने कुरालाई दर्शाउछ । स्वत स्र्फुर्त रुपमा जनताले न्यायधीशहरुलाई सम्मान गर्दछन । उ सर्रुवा भएर ग्ए पनि जहिले पनि अमुक न्यायधीश जस्तो भनेर उपमा दिई रहन्छन । यही कुरालाई जयजयकारले पुष्टि गर्दछ ।
करो८ौ देत्यहरुसाग पनि देवी एक्ले लडेको घटनाले सत्यको सामाना एक्लै गर्नु पर्दछ र गर्न सक्नु पर्दछ भन्ने कुरको सन्देश दिएको छ । दशौ अध्ययायमा देवी र शुम्भका वीचमा भएका युद्ध वार्तालापले पुष्टि गर्दछ । झुटठा प्रमाणहरुको श्रृजना गरे पनि, छलवल, करकाप, डर धाक धम्कि आदि जे गरे पनि यदि न्यायाधीश असल भयो भने त्यो कुरा पत्ता लगाई छाडछ र अपराधीलाई दण्ड दिएरै छाडदछ । न्यायधीहलाई ज्यान मार्ने धम्कि आउनु तथा साय समयमा भौतिक आक्रमण हुुन र दैत्यहरुले देवीलाई दिएको प्रलोभन, डर धाक धम्कि, त्रास, हतियार तथा सेनाको प्रदर्शन आदि एउटे कुरा हुन ।
न्यायधीश भनेका साच्चे भन्ने देवत्व अंश भएका व्यक्ति हुन । त्यस्ता व्यक्तिमा यदि राक्षसी गुण प्रवेस ग¥यो भने न्यायको परिकल्पना नै गर्न सकिदैन । यदि देव गुण छ भने जतिसुकै दैत्य गुणहरु आए पनि सदैव जाजल्यमान भएर न्याय चम्कि रहन्छ । यो तथ्यलाई एघार अध्यायामा सुन्दर ढङ्गले वर्णन गरिएको छ । अकौृ कुरा अपराधको कारण शक्तिको दुरुपयोग, अधिकारको प्रचुरता, स्त्रीप्रसङ्ग, धन दौलतको प्रदर्शन, आदि हुन भन्ने कुरालाई चण्डीमा निकै सर्तकतापूर्वक विश्लेषण गरिएको छ । यो कुरालाई आधुनिक अपराध शास्त्र एवम अपराध शास्त्रहिरुले पनी स्वीकरा गरेका छन । यी तत्वबाट राजनैतिक, आर्थिक एवम सामाजिक जे पनि अपराध गर्ने गरिन्छ ।
आधुनिक कालमा पीडित शास्त्र भनेर वकालत गरिन्छ । त्यसको आधार चण्डीमा पाईन्छ । अपराध पीडित भएका देवता लगायत सम्पूर्ण मानलाई दैत्यहरुको विनाश गरे पछि गुमेको सम्पत्ति,पद प्रतिष्ठा, धन दौलत, राज्य आदि प्राप्त भएको छ । पीडित शासत्रले पुनस्र्थानामा जोड दिन्छ । यसलाई चण्डीमा प्रयाप्त मात्रामा यत्रतत्र पाउन सकिन्छ ।
अध्यया बाह् र तेह्मा व्यक्तिको शान्त स्वभावले पर्ने प्रभाव तथा कानूनको पालन गर्नाले हुने पाइदाहरुको विशलेषण गरिएको छ । समाजलाई सभ्य अनुशासित बनाउनको लागि जप ध्यान तप महत्वपूर्ण हुन्छ । दयाभाव निकै ठूलो अस्त्र हो । यसले हिंसलाई समाप्त पार्दछ । हिंसाको मतलव मारकाट कात्र होईन । विचार पनि हो । अर्कालाई पीडा पुराउनु, कुरा काटनु, दुख दिनु, गाली गर्नु लगाउतका हिंसाका धेरै रप छन । शारिरिक मानसिक हिंसा भनेर अनधुनिक रुपमा शिलेषण गरिन्छ । मानसिक शान्ति भएमा भौतिक उपलब्धीलाई संस्थागष्त गर्न सकिन्छ । आफनो काममा योजना तथा साधना सहित लागेमा सम्पन्न गर्न सकिन्छ भन्ने कुरालाई राजा सुरथ र वेश्य दुवैले प्राप्त गरेका सफलताको कथाले पुष्टि गर्दछ ।
चण्डीका कानूनी रुपमा धेरै कुराहरुको विश्लेषण गरिएको छ । त्यसलाई कानूनी आँखाबाट हेर्नु पर्ने हुन्छ । असत माथी विजय न्यायको जित भनेको न्यायको मूल मन्त्र हो । न्याय भन्ने कुरा आदलती मात्र हुदैन । आर्थिक , सामाजिक, सांस्कृतिक, कानूनी लगयत धेरै प्रकृतिको हुनछ । हामीले न्याय भन्नाले आदलतले दिने फैसलालाई मात्र सम्झिने गर्दछौ । त्यसो होईन । न्याय भन्ने कुरा प्रत्येक चरणमा हुन्छ । व्यक्तिले परिवारमा गर्ने व्यवहार पनि न्यायसंगत छ छैन भनेर हेर्ने गरिन्छ । अत यो दशैले आसरी शक्ति माथी विजय प्राप्त गरी सत्यको पुनस्र्थापना होश सबै जनताले न्याय प्राप्त गरुन भन्ने कामना गरौ ।
(लेखक आचार्य सुर्खेतका न्यायधीश हुन् । उनी दुष्कृति कानूनमा नेपालकै एकमात्र विद्यावारिधि हुन् । सं)
लेखक महोदय सिद्धहस्त लेखक हुनुहुन्छ र आफ्नो क्षेत्रको स्थापित व्यक्तित्व । प्रस्तुत विचारहरू पढ्न र मनन गर्न लायक छन् तर व्यवहारिक छैनन् । यी विचारहरूलाई व्यवहारिक बनाउन त्यसैप्रकारको structural and procedural पूर्वाधारहरूको आवश्यकता पर्छ । लेखक महोदयको न्यायको वर्गीकरणलाई म अलिकति थप्न चाहन्छुः एरिस्टोटलले न्यायलाई उपचारात्मक र वितरणात्मक भनी दुई भागमा विभाजन गरी अदालतद्वारा प्रदान गरिने न्याय पहिलोमा पर्ने र यसले न्यायको समु्च्चा ‘पाइ’मा थोरै मात्र हिस्सा राख्छ भनेर आजभन्दा २५ वर्ष पहिला भनेको कुरा अहिले पनि सान्दर्भिक नै छ । अर्थात् पछिल्लो न्याय नै जनसाधारणले महसूस गर्ने न्याय हो, अदालतद्वारा प्रदान गरिने उपचारात्मक न्याय प्रतीकात्मक मात्र हो । त्यो कुरालाई लेखकले अलि फरक तरीकाले प्रस्तुत गर्नुभएको मलाई राम्रो लाग्यो ।
लेखक महोदयबाट यस्तै गुनिला विचारहरु अलि व्यवहारिक हुने र बनाउने गरी प्रस्तुत हुनेछन् भन्ने अपेक्षा राखिएको छ । अस्तु,