गढीमाई मेलामा पशुबलि: परम्परा, विवाद र मानवीयताको खोजी
मुकुन्द हटुवाल
हालः किर्तिपुर-६, भक्तिखेल, काठमाडौं
गढीमाई मेला नेपालमा प्रत्येक पाँच-पाँच वर्षमा बारा जिल्लाको गढीमाई मन्दिरमा आयोजना गरिने विश्वकै ठूलो धार्मिक मेलामध्ये एक हो। यस मेलामा हजारौं भक्तजन उपस्थित भई देवी गढीमाईलाई पशुबलि चढाउने परम्परा छ। परम्परागत मान्यताअनुसार, गढीमाई देवीलाई बलि चढाएमा इच्छाहरू पूरा हुने विश्वास छ। यो मेला सांस्कृतिक, धार्मिक र आर्थिक दृष्टिले महत्वपूर्ण मानिन्छ, तर यस मेलामा हुने जनावरको बलिप्रथालाई लिएर नेपाल मात्र होइन, अन्तर्राष्ट्रिय समुदायमा समेत बहस र विवाद भइरहेको छ।
यो विषयले दुईवटा फरक दृष्टिकोणलाई उजागर गरेको छ। एउटा समूहले यसलाई आफ्नो सांस्कृतिक पहिचान र धार्मिक आस्थाको प्रतीक मानेको छ भने अर्को समूहले यसलाई अनावश्यक हिंसा, अमानवीय व्यवहार र पशु अधिकारको उल्लङ्घनको रूपमा देखेको छ। यस निवन्धमा, गढीमाई मेलाको ऐतिहासिक पृष्ठभूमि, परम्परागत मान्यताहरू, बलिप्रथासँग सम्बन्धित विवाद, यसले मानवता र समाजमा पार्ने प्रभाव, र सम्भावित समाधानका उपायहरूमाथि चर्चा गरिनेछ।
१. गढीमाई मेलाको ऐतिहासिक पृष्ठभूमि
गढीमाई मेला हरेक पाँच वर्षमा बारा जिल्लाको गढीमाई मन्दिरमा मनाइन्छ। यो मेला करिब २५० वर्ष पुरानो मानिन्छ। स्थानीय किंवदन्तीअनुसार, गढीमाई देवीले सपनामार्फत एक पुजारीलाई बलि चढाएमा उसको इच्छाहरू पूरा हुने संकेत दिएकी थिइन्। त्यसपछि उक्त पुजारीले जनावरहरूको बलि चढाए, जसलाई परम्पराको रूपमा निरन्तरता दिइयो। यो मेला अहिले ठूलो धार्मिक पर्वमा परिणत भएको छ, जहाँ नेपाल र भारतका लाखौं भक्तजन सहभागी हुन्छन्।
२. गढीमाई मेलाको सांस्कृतिक र धार्मिक महत्त्व
धार्मिक आस्थाका हिसाबले गढीमाई मेला भक्तजनहरूको लागि विश्वास, आस्था, र इच्छापूर्तिको महोत्सव हो। धेरै मानिसहरू देवीको क्रोध नआओस् र आशीर्वाद प्राप्त होस् भन्ने विश्वासमा बलि दिन्छन्। परम्परा जोगाउन र देवीप्रतिको श्रद्धा देखाउन बलिप्रथा निरन्तर कायम राखिएको छ। यो मेलाले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने काम पनि गर्छ। लाखौंको संख्यामा तीर्थयात्रीहरू आउने भएकाले यातायात, होटेल, खाद्यान्न, व्यवसाय आदिमा आर्थिक गतिविधि बढ्ने गर्छ।
३. गढीमाई मेलामा हुने पशुबलि र विवादको मुख्य मुद्दा
गढीमाई मेलामा हजारौं बोका, भैंसी, हाँस, राँगा, सुगुरजस्ता जनावरको बलि दिइन्छ। धेरै मानिसहरूले यो परम्परालाई ुकुप्रथाु भनी विरोध गरेका छन्। यसका मुख्य विवाद निम्न बुँदामा आधारित छन्:
क. पशु अधिकारको हनन
-पशु अधिकारवादीहरूको दृष्टिकोणस् पशुलाई अनावश्यक पीडा दिनु अमानवीय हो। अन्तर्राष्ट्रिय संस्था पेटा लगायतका संगठनहरूले गढीमाई मेलामा बलिप्रथाको कडा विरोध गरेका छन्।
-नेपालको कानुनी दृष्टिकोणस् नेपालमा २०७४ सालमा लागू भएको ूजनावर कल्याण ऐनू ले जनावरमाथि अनावश्यक हिंसा गर्न रोक लगाएको छ।
ख. आधुनिक चेतना र नैतिक दृष्टिकोण
-अहिंसा र करुणा मानव सभ्यताको आधारभूत मूल्य हो। जस्तोसुकै धार्मिक विश्वास भए पनि हिंसा स्वीकार्य हुन सक्दैन।
-आधुनिक शिक्षा र चेतनाले मानिसलाई यस्ता हिंसात्मक परम्पराहरूको विकल्प खोज्न प्रेरित गरिरहेको छ।
धार्मिक र सांस्कृतिक द्वन्द्व
-परम्परावादीहरूले यसलाई धर्म, आस्था र सांस्कृतिक पहिचानको प्रतीक मान्छन्।
-विरोधीहरूले भने ‘धर्मले हिंसालाई जायज ठहर्याउँदैन’ भनी तर्क गर्छन्। उनीहरूको विश्वास छ कि देवीलाई खुसी पार्न बलिको सट्टा फलफूल, मिष्ठान्न आदि चढाउन सकिन्छ।
४. गढीमाई मेलाको मानवीयतामा प्रभाव
क. हिंसात्मक मानसिकता विकास
-बालबालिकामा हिंसाको मनोविज्ञानस् मेलामा सहभागी हुने बालबालिका बलिप्रक्रियामा साक्षी बनाइन्छन्, जसले उनीहरूको मानसिक विकासमा नकारात्मक प्रभाव पर्न सक्छ।
-अपराधिक प्रवृत्तिस् पशुबलि हेर्ने, हिंसालाई समर्थन गर्ने व्यक्तिहरूमा हिंसात्मक प्रवृत्ति बढ्ने सम्भावना हुन्छ।
ख. सामाजिक विभाजन
-धार्मिक विभाजनस् पशु अधिकारवादीहरूलाई धर्मको विरोधी भनेर आरोप लगाउने गरिन्छ।
-पुस्तान्तरिक द्वन्द्वस् पुरानो पुस्ता र नयाँ पुस्ताबीच परम्परा जोगाउने र परिमार्जन गर्ने विषयमा बहस चलिरहेको छ।
५. पशुबलिको विकल्प र सम्भावित समाधान
-सांस्कृतिक परिमार्जनस् बलिको सट्टा प्रतीकात्मक बलि, जस्तै फलफूल, मिष्ठान्न आदि चढाउने अभ्यास गर्न सकिन्छ।
-धार्मिक शिक्षा र चेतनास् स्थानीय पुजारी र समुदायका नेताहरूले बलि नदिई वैकल्पिक अनुष्ठान गराउन सकिन्छ।
-सरकारी हस्तक्षेपस् पशु अधिकार सम्बन्धी कानुनलाई बलियो बनाइ, गढीमाई मेलामा हुने बलिप्रथालाई बन्द गर्न सरकारले स्पष्ट नीतिगत निर्णय लिनुपर्छ।
-अन्तर्राष्ट्रिय दबाबस् अन्तर्राष्ट्रिय संघसंस्थाहरूको दबाबले बलिप्रथा हटाउन योगदान पुर्याउन सक्छ।
६. बलिप्रथाका विरोधीहरूलाई लाग्ने आरोप र तिनको जवाफ
-धार्मिक विरोधी भन्ने आरोपस् विरोधीहरूले धर्म विरोधी होइन, मानवताको पक्षपाती हो भनेर प्रष्ट्याउनुपर्छ। धर्मले हिंसा सिकाउँदैन भन्ने तर्क राख्न सकिन्छ।
-पश्चिमी प्रभावको आरोपस् विरोधीहरूले पश्चिमी मान्यता अंगीकार गरेको आरोप लाग्छ। तर, हिन्दू धर्मकै गहिरो सिद्धान्त अहिंसा ९अहिंसापरमो धर्मः० हो। त्यसैले यो कुनै पश्चिमी प्रभाव होइन।
७. निष्कर्ष
गढीमाई मेला नेपालको धार्मिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिले महत्त्वपूर्ण मेला हो। तर, जनावर बलि दिने कुप्रथालाई अहिंसात्मक परम्परामा रूपान्तरण गर्नु आवश्यक छ। परम्परा बदल्न गाह्रो हुन्छ, तर परम्पराभन्दा मानवता ठूलो हो। पशु अधिकारलाई सम्मान गर्नुपर्छ र मानिसको नैतिक जिम्मेवारी जनावरलाई अनावश्यक पीडा दिनबाट जोगाउनु हो। हिंसा र अमानवीय परम्पराहरूलाई समयसापेक्ष परिमार्जन गर्न सकिन्छ।
बलिको सट्टा प्रतीकात्मकरुपमा चढाइने फलफूल र मिष्ठान्नको चढोवा गर्न सकिन्छ। धार्मिक परम्पराहरू परिमार्जन गर्न सकिने उदाहरण विश्वभरि पाइन्छ। परम्परालाई जोगाउने नाममा हिंसालाई निरन्तरता दिनु अमानवीय मात्र होइन, मानव सभ्यताको भविष्यका लागि खतरनाक पनि हो। अतः, गढीमाई मेलालाई अहिंसात्मक सांस्कृतिक उत्सवमा रूपान्तरण गर्न सबैले साझा प्रयास गर्न आवश्यक छ।
‘अहिंसा नै सर्वोत्तम धर्म हो।’—महात्मा गान्धी
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)