… होइन भने, अस्थिरताको श्रीपेच लगाएर लोकतन्त्र अन्त्यष्टिको रमिता हेर्नोस्

बेनुपराज प्रसाई

मन नदुखाउनुस मित्रहरु । म संंसद पुनर्स्थापनाको पक्षमा छैन । लडाईको मैदानलाई निरन्तरता दिएर अझ थप नांगो नाच हेर्न रहर छैन ।

अलोकतान्त्रिक संस्कारलाई अझ निरन्तरता दिने ? गाली शिरोमणिहरु एकै दिनमा संयमित महर्षि बन्छन् ? दुई वर्ष चर्किएको थाल एकै दिनमा सर्वोच्चले कागजमा लेखेर टाली दिन सक्छ ? प्रतिपक्ष र सवै दलका निष्ठावान कार्यकर्ता निरिह, असक्षम र जनताको घरदैलोमा जानै असक्षम छन् भनेर मान्ने ? संविधानलाई त निरीह बनाइसकियो । लोकतन्त्र त वैतरणीको ओच्छ्यानमा सुताइसकियो ।

अब कुन लोकतन्त्र बचाउन तपाई सर्वोच्चलाई गुहार माग्दै हुनुहुन्छ ? लोकतन्त्रको माया छ र संविधान समाधानको बाटो हो भन्ने लाग्छ भने थपक्क जनताकोमा जानोस् । संसद्वादमा विश्वास गर्नेहरुले संस्कारसहित संसद चलाउनोस् ।

होइन भने, अस्थिरताको श्रीपेच लगाएर लोकतन्त्रको अन्त्यष्टिको रमिता हेर्नोस् ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button