
गर्भपतन वरदान वा अभिशाप ? वा, दुवै ?
प्रा.डा. वीणा पौड्याल
विश्वको सम्पूृर्ण जनसंख्याको आधा संख्या नारीहरुको छ । पुरुष र नारीको प्रसंग उठाउँदा लिङ्गको आधारमा नछुट्याउने अर्थात् भेदभाव नगरिने कुराको प्रस्ताव र समर्थन सम्बन्धित विभित्र क्षेत्रबाट भैसकेको छ । सन् १९६७ मा संयुक्त राष्ट्रसंघको साधारण सभाले महिला विरुद्धको भेदभाव उन्मूलन सम्बन्धि घोषणाद्वारा महिला विरुद्धको त्यस्ता भेदभावपूर्ण कानुन प्रथा परम्परा र अभ्यासहरुलाई अन्त्य गर्नेतर्फ आवश्यक कानुनी व्यवस्था हुनुपर्ने कुरामा जोड दिएको थियो ।
संयुक्त राष्ट्रसंघको साधारणसभाले महिला विरुद्धको भेदभाव हटाउन चाल्नुपर्ने कदमबारे निर्देशन प्रदान गरे पनि विभित्र राष्ट्रमा त्यो पूर्णरुपमा अपनाइएको छैन । नेपालको सन्दर्भमा त यस्ता थुप्रै उदाहरण छन् जसमा कानुनले पुरुष र महिलामा ठूलो भेद राखेको छ । हामीकहाँ महिलालाई मात्र अपराधी मात्रे कानुन अझै पनि विद्यमान छ ।

प्रकृतिको नियमअनुसार कुनै पनि महिला गर्भवती हुन पुरुषको संलग्नता अत्यावश्यक पक्ष हो । तर हाम्रो कानुनको अध्ययन भेदभाव अनुचित र मानव मर्यादा विरुद्धको गर्दा यसरी स्त्री र पुरुष दुबैको मन्जुरी वा करणीमा रहन गएको गर्भपतन भएमा वा गराएमा सजायको भागी महिला मात्रै हुँदै आएका थिए । हाडनाताको वैवाहिक सम्बन्धलाई हाम्रो कानुनले मान्यता दिएको छैन । अज्ञानतावस पनि यस्तो सम्बन्ध भएमा सजायको भागी भने महिला नै हुुने गर्दछन् । नाता थाहा नपाउँदा गरिएका विवाहपछिको गर्भपतन पनि अपराध मानिन्छ । गर्भपतन गराएमा त्यसको शारीरिक सजाय र कानुनी सजाय पनि महिलाले पाउने कानुनमा पछिल्लो समय संशोधन गरिएको छ । अब विभित्र परिस्थितमा गर्भपतन गराउन कानुनी मान्यता प्राप्त छ । नेपालमा गर्भपतनमा कानुनले रोक लगाएता पनि लुकीछिपी यो कार्य व्यापकरुपमै भै राखेको थियो । हामीकहाँ प्रत्येक दिन सरदर १२ जना वा दुई घण्टामा एकजना महिला गर्भवती अवस्था र बच्चा जन्माउँदा मर्ने गर्दछन् । अज्ञानताको कारण र असुरक्षित सुत्केरी सामानको प्रयोगले कैयौं महिलाहरुले अकालमै ज्यान गुमाउनुपरेको छ । सरकारको स्वास्थ्य मन्त्रालय, राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी संघ संस्थाको समन्वयमा सुडेनी मातृशिशु स्वास्थ्य कार्यकर्ताको तालिम संचालन गरिएकोले केही हदसम्म आमाको मृत्युदरमा कमी आएको छ । तर समस्या भने पूर्णरुपमा समाधान हुन सकेको छैन ।
हाम्रो समाजमा मुख्यत गर्भपतन निम्न कारणले गरेको पाइन्छ ।
१. गर्भको भूण छोरी भएमा ।
२. जबर्जस्ती करणी वा आवेशपूर्ण करणीद्वारा गर्भवती भएमा ।
३. आफ्ना नजीकैका नातेदार हाडनाताबाट गर्भीणी भएमा ।
४. परिवार नियोजन सम्बन्धि अस्थाई साधनको बारेमा, जानकारी नहुँदा वा जानकारी भएर पनि साधन प्रभावकारी भएर पनि साधन प्रभावकारी नहुँदा ।
५. गर्भको बच्चा शारीरिक रुपमा दुर्बल भएको थाहा भएमा ।
६. गर्भको बच्चाको जन्मले आमाको स्वस्थ्यमा नराम्रो असर पार्ने निश्चित भएमा ।
७। यौन ब्यवसायमा संलग्न भएर नचाहँदा नचाहँदै पनि रहेको गर्भ भएमा ।
८. बच्चाको चाहना पुगेपछि रहेको गर्भ भएमा ।
९. आमाको ब्यवसायमा नकारात्मक प्रभाव पर्ने ठानिएमा ।
१०. विवाह पूर्व रहन गएको गर्भ भएमा ।
यसरी विभित्र कारणले लुकेर गर्नुपर्ने गर्भपतनमा कानुनी ब्यवधान हटेपछि निकै सुधार आउने आशा गर्न सकिन्छ । तर पनि महिलाले प्राप्त गरेको गर्भपतनको अधिकार विभित्र परिस्थितिमा अभिशाप पनि बत्र सक्छ ।
हाम्रो समाजमा छोरा र छोरीबीचको भेद अझै कायमै छ । पढेलेखेका दम्पतीले पनि छोराको जन्मलाई नै बढी प्राथमिकता दिएको उदाहरण हाम्रो परिवार र साथीसंगीका माझमा थुप्रै छन् । दुईजना तीनजना सन्तानको संख्या बढाउँदै गएका शिक्षित दम्पतीको कमी हामीकहाँ छैन । विज्ञानले चरम उत्रति गरेर गर्व रहेको पहिलो दोस्रो महिनामै छोरा वा छोरी भनेर छुट्याउन सक्ने प्रविधिको विकास गरिसकेको छ । विज्ञानको त्यो आविष्कारलाई मानिसले दुरुपयोग गरेर प्रकृतिका नियमविरुद्ध कदम चाल्ने आँट गरेको उदाहरण छिमेकी राष्ट्रहरुमा थुप्रै भैसके । हाम्रो देशमा पनि त्यही मनोवृत्तिले जरो गाडेकोले वंश चलाउन अन्तिम संस्कार गर्न र समाजमा सम्मानित हुने आशाले दम्पतीले खुल्ला रुपमा गर्भमा रहेको स्त्री भु्रणको हत्या गर्नें चलन खुल्ला रुपमा चल्दछ ।
गर्भको बच्चा छोरी भएमा गर्भ तुहाउने बाध्यताको शारीरिक र मानसिक शिकारको भागी भने महिला नै हुनुपर्दछ । एकातिर आजभोलि नै महिलाले त्यो खुल्ला रुपमा गर्न पाउने गर्भपतनको सामना गर्नुपर्दछ भने केही वर्षपछि पुरुष र महिलाको संख्यामा आउने फरकको कारणले पनि अर्कोतिर सामाजिक समस्याको सामना पनि महिलाले गर्नुपर्दछ । अझ गाउँघरतर्फ भने तालिमप्राप्त सुडेनीको अभावमा गर्भपतन गराउँदा त्यसको मार पनि महिलालाई नै पर्दछ । सुरक्षित गर्भपतन र संक्रमणबाट हाम्रा गाउँका आमाहरुलाई जोगाउन सतर्कताको खाँचो छ । त्यसैले ऐन कानुनद्वारा प्राप्त गर्भपतन महिला वर्गको लागि वरदान र अभिशाप दुवै हुन सक्दछ ।
गर्भपतन गराउन पाउने कानुनी मान्यता नभएको बेलामा झापाको जेलमा आरती, काठमाडौं सदर जेलमा रेणु श्रेष्ठले जस्तो नरकीय जीवनबाट भने अब नेपाली महिलाले मुक्ति पाएका छन् । बीस वर्षमात्र पुगेकी कमलाले जीवनभर खोरमा बस्नुपर्ने फैसला अब हुँदैनन् । आफै तुहेको गर्भको लागि पनि आरती, रेणु र कमलाले जस्ता सजाय अब नेपाली महिलाले पाउँदैनन् ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)