पिताम्बर गुरुङको ‘जिटिन’ कविता

२०७८ सालको शुभकामनासहित, सबलाई स्वागत गरें ।
जिटिनको उपाध्यक्ष म, पिताम्बर गुरुङ परें ।

जिटिन वनभोज छलफल गर्न, कार्यसमिति जम्मा भाको ।
मनमा पर्यो खुलदुली हजुर, रातमा निद्रा नलाको ।
त्यही बेला नै सुन्नुस हजुर यो कविता फुर्फुराको ।

जम्मा भाछौ बेला मौकाले, सुन्नुहोस् दिनुहोस् ध्यान ।
जिटिन के हो रु के के गर्छ रु लिनुस सुनी ज्ञान ।

जिटिन जन्म्यो २०६८ सालमा, टिनएज हुन लाछ अहिले ।
जोस जागर फुर्तिलो छ, साहसिलो जहिले ।

जन्माउनलाई बिउ छर्ने चाहिँ, धनबहादुर गुरुङ अरे ।
जन्माई हुर्काई बढाउने काम, कुलबहादुर गुरुङले गरे ।

हुर्काउनलाई साथ दिन, कमला गुरुङ आईन् ।
३ बर्षको हेरचाहपश्चात अम्बिर गुरुङलाई जिम्मा लाईन् ।

सानैदेखि जोसिलो जाँगरिलो, धेरै गर्यो काम ।
सानै उमेरमा कमाइ सक्यो, यो जिटिनले नाम ।

सहभागीता जनाउँछ, संघ संस्थालाई दिन्छ साथ ।
संघ संस्थालाई साथ दिन, कमाउँदैन हात ।

सामाजिक काम गर्न जिटिन, लाग्छ कम्मर कसी ।
जिटिन भन्छ सहयोग गरौ, हुदैन है बसी ।

राहत लिएर पुग्छ जिटिन, कतै विपति पर्यो ।
२०७२ को भुकम्पपमा धेरैलाई सहयोग गर्यो ।

कतै दिन्छ राहत हजुर, कतै पानीको डरम ।
कहिले नथाक्ने यो जिटिन हजुर, भन्छ केहि त गरम ।

गुरुङ ट्रेल तयार पार्यो, सिक्रे हैबुङ रुटमा ।
अझै रिसर्च जारी नै छ, पर्छ भनी छुटमा ।

घरबास तालिम दियो जिटिनले, तिनै रुटको गाउँमा ।
अझै तालिम दिन बाँकी, कुनै कुनै ठाउँमा ।

२०७७ सालमा खडा गर्यो, जिटिनले ट्रेकिङ मजदुर कोष ।
ठुलो नभएता पनि मजदुरहरुलाई, सानो सहयोग भएनी पुगोस् ।

मजदुर कोष खडा गर्न, खेल्यो देउसी भैलो ।
संघ संस्थाले साथ दिएनी, भरिएको छैन थैलो ।

त्यसैले हजुर,
अझै पनि सहयोग माग्न, हात फैलाउन नै पर्छ ।
साथ र सहयोग मिले मात्र, यो समस्या टर्छ ।

कोषको सहयोग लिन हजुर, गुरुङ ब्यबसायी नैं चाहिन्छ ।
तर मजदुर गुरुङ नै हुनु पर्दैन, जो कोहीले पाइन्छ ।

क्यान्सर पिडित, किड्नी पिडितमा जिटिनको जान्छ मन,
सहयोग गर्न अघि बढ्छ नभए पनि धन ।

अनुरोध :-
जिटिन सदस्यता खुलेको छ, सदस्यता लिनुहोस् ।
हातमा हात मिलाएर, जिटिनलाई साथ दिनुहोस् ।

अन्त्यमा
नसोचेको पार्टी भयो आज, जिटिनको यो वनभोज ।
जे भए पनि तपाई सबले, गर्नु हुने नै छ मोज ।

गर्यो वनभोज जिटिनले, कोभिड १९ को बाबजुद पनि,
निकालियो भित्ते पात्रो, गरियो विमोचन अनि ।
जाने बेला लानुहोला, भित्तेपात्रो बेरी ।
बर्ष भरी सम्झनु होला, त्यहिँ पात्रोलाई हेरी ।

आईदिनु भो’ सफल पार्न, दिनु भयो साथ ।
तपाई सबलाई धन्यवाद छ, हाम्रो तर्फबाट ।

(गुरुङ पर्यटन व्यवसायी संघ नेपाल (जिटिन) द्धारा आयोजित २०७८ सालको शुभकामना आदानप्रदान, बधाई तथा सम्मान, भित्ते पात्रो विमोचन र वनभोज कार्यक्रममा संस्थाका द्वितीय उपाध्यक्ष तथा भित्ते पात्रो प्रकाशन समिति संयोजक गुरुङले वाचन गरेका कविता ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button