आरोहण इतिहासका नयाँ रचनाकारलाई त्यो टानको सम्मान क्या ! विशेष

खुम सुवेदी

विश्वको पर्वतारोहणको इतिहासमा २०७७ माघ ३ गते, शनिवार (१६ जनवरी २०२१) एउटा नयाँ पाना थप्ने कार्य नेपालका पर्वतारोहीबाट भयो । माउण्ट के टु माथि विजय प्राप्त गर्ने नेपाली आरोहीहरुले पाकिस्तानमा अवस्थित विश्वको दोस्रो अग्लो हिमाल माउण्ट के टुमा नेपालको झण्डा फराउदा सम्पूर्ण नेपालीहरुको शिर उच्च, छाती चौडा हुनकासाथै गौरवको अनुभुति भएको थियो ।

विभिन्न मिडियाहरुबाट नेपाल र नेपालीको नाम फेसबुकभरी उहाँहरुले आरोहण गरेको माउण्ट केटुको दृश्यले संसारभर नै तरङग ल्यायो । विश्वको दोस्रो अग्लो हिमाल माउन्ट केटु हिउद ऋतुमा सफलतापूर्वक आरोहण गरेका नेपाली टोलीलाई ६ फेब्रुअरी २०२१ मा ट्रकिंग एजेन्सिज् एसोशिएसन अफ नेपाल (टान) ले बधाई तथा सम्मान कार्यक्रमको आयोजना ग¥यो, होटल ¥याडिसनमा । के टु हिमालको आरोहण गरेको समाचार सुन्ने वित्तिकै खुशीले गद्गद् भएका हामीले उनीहरुलाई नेपालमा सम्मान कसरी गर्न सकिएला भन्ने कौतुहुल नै थियो ।

कीर्तिमानी नेपाली आरोहीहरु नेपालको एयरपोर्टमा आगमन हुने वित्तिकै स्वागत गर्न उपस्थित सबै जना हर्षले विभोर भएका र सबैको अनुआरमा चमक र मन्द मुस्कान देख्न सकिन्थ्यो । नेपालको झण्डा, बाजागाजाका साथ फुलमाला, खादा र अबिरले स्वागत गर्ने कार्य भयो । उहाँहरुको सम्मान कार्यक्रम नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोहण संघ, पर्यटन मन्त्रालय, प्रधानमन्त्री केपी शर्मा ओलीदेखि संचार मन्त्रालय, गाउँपालिकाहरु हुँदै टानसम्मको सम्मानले पक्कै पनि नेपालको छविलाई विश्वमा नै उच्च बनाउन सफल भएको छ ।

टानले सम्मान कार्यक्रममा कुनै पनि नेता तथा मन्त्रीलाई आमन्त्रण नगरिकन नितान्त पर्यटन क्षेत्रमा आवद्ध संघसंस्थाहरु तथा केही सञ्चारमाध्यमहरुलाई मात्र निमन्त्रणा गरिएको थियो । पूर्व पर्यटन राज्य मन्त्री तथा यस संघका पूर्व अध्यक्ष याङ्किला शेर्पा, पूर्व अध्यक्ष ज्यूहरु, वर्तमान कार्यसमितिका पदाधिकारी ज्यूहरु, सदस्य ज्यूहरु, सञ्चार कर्मीहरु तथा सचिवालयका कर्मचारीहरुले सम्मान तथा बधाई ज्ञापन गरेका थिए ।

नेपाल र नेपालीहरुको नाम विश्व सामु पु-याउने कार्य तथा नयाँ कृीर्तिमान कायम गर्ने आरोहीहरुलाई टानका कार्यसमितिका साथीहरुसंग सल्लाह भए बमोजिम टानको लोगोलाई प्रतिनिधित्व हुने गरी आइस एक्स दिनेबारे सबैको बहुमतले सहमति भए बमोजिम सम्मानपत्र, आइसएक्स र टानको व्याज फुलमाला तथा खादाले सम्मान गरियो । कार्यक्रम छोटो मिठो तथा निकै रोमान्चक वातावरणमा सम्पन्न भयो ।

कोरोनाको महामारीका कारण संघकी संस्थापक अध्यक्ष श्रीमती अम्बीका श्रेष्ठ ज्यूले जुममार्फत प्रमुख आतिथ्यता ग्रहण गर्दै आरोहीहरुलाई बधाई ज्ञापन गर्नुभयो । त्यसै गरी पूर्व पर्यटन राज्य मन्त्री श्रीमती याङ्किला शेर्पा, एचआरएका अध्यक्ष हरि धरेलले आफ्ना भनाईहरु राख्दै आरोहीहरुप्रति सम्मान तथा शुभकामना व्यक्त गर्नु भएको थियो ।

पर्वारोहण गर्दाको अनुभूति र नेपालमा पर्यटनको अवस्था वर्तमान अवस्थामा राज्यले सुधार गर्नु पर्ने नीति नियमहरुका साथै चोयू हिमालदेखि अन्य हिमाल आरोहण गर्दाको अनुभव वक्ता आरोहीहरुले सुनाएका थिए ।

(लेखक टानका अध्यक्ष हुन् ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button