दलसम्वद्ध पर्यटन संस्थाहरु भन्छन्, ‘माग बेवास्ता भए कडा संघर्ष’

मागहरुः
१. सम्बन्धित संघसंस्था (जस्तैः र्याफ्टिङको लागि आउने पर्यटकलाई नाराको सिफारिसमा, होटलको लागि हान, ट्रेकिङको लागि आएकालाई हान, ट्राभल को लागि आउनेको लागि नाटा र हिमाल आरोहणको लागि आउनेको लागि एनएमए) अराईभल भिसा उपलब्ध गराउनुपर्ने ।

२. एक हप्ते क्वारेन्टाइन तत्काल हटाउनु पर्ने ।

३. पर्यटन मजदुर हरुलाई तत्काल प्याकेज ल्याउनु पर्ने ।

४. पुनर्कर्जा को हकमा व्यवस्था भए पनि नयाँ कर्जा व्यवसाय सञ्चालनका लागि सहुलियत दरमा कर्जा दिनु पर्ने नीतिगत व्यवस्था गर्नुपर्ने ।

५. हाल विभिन्न ठाउँमा स्थानीय सरकारको नाउँमा लगाइएको घुमफिर प्रतिबंध, केन्द्रिय सरकारले पहल गरि सबै क्षेत्र तत्काल खुल्ला गर्नु पर्ने ।

६. नेपाल भ्रमण गर्ने पर्यटकलाई काठमाडौं विमानस्थललगायत सीमानाकामा स्वाव संकलन गरी यथाशक्य छिटो पिसिआर टेस्ट रिपोर्ट दिने व्यवस्था गरियोस् ।

नवराज पान्डे
संयोजक, नेकपा पर्यटन संगठन

रामशरण थपलिया
सहअध्यक्ष, निट नेपाल (नेपाली कांग्रेससम्बद्ध)

चेवन देवकोटा
अध्यक्ष, नेपाल पर्यटन परिषद (जनता समाजवादी पार्टीसम्वद्ध)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button