किर्तिपुरे बाघभैरवको म्हैपी कनेक्सन

जनार्दन अर्याल

पदमकस्तीपुर र किपु हुँदै किर्तिपरबनेको शहरको टुप्पोमा रहेको बाग भैरबको छुट्टै कथा छ । यिनको कुरा गर्नु भन्दा पहिला सबै देवी देवताकी हजुरआमा (नेपालभाषामा) अजिःमा १६ वडा काठमाडौंस्थित म्हैपीको कुरा नगरी रातो, सेतो मछिन्द्रनाथ र वाघ भैरबजस्ता माटोले बनेका मूर्तिहरुको अस्तित्व रहन्न । माटोले बनेका देवी देवताका मूर्तिहरुको मर्मतकार्य म्हैपीको माटो नभइ पुरा हुँदैन । बाघ भैरबका पुजारी न्हुच्छे बहादुर कापालीका अनुसार प्रत्येक तीन बर्षमा म्हैपीको माटो ल्याएर भैरबको मूर्तिको मर्मत गर्नुपर्छ ।

नेपालभाषामा गुँ अर्थात जंगल दे अर्थात बस्ति । परापूर्वकालमा यो ठाउँमा घना जंगल थियो रे । यो जंगलमा वरपरका गाउँबाट आप्mना गाईवस्तु, भेडा, बाख्रा चराउन ल्याउँथे । यसैक्रममा आप्mना वस्तुभाउ जंगलमा चर्न छाृडेर आफुहरु माटोका विभिन्न चराचुरुंगी र जनावरहरुका् मूर्ति बनाएर खेल्ने गर्थे । एकदिन गोठालाहरु मिलेर बाघको र्मूिर्त वनाए मुख वनाएपछि जिब्रो चाहिँ पातको बनाइदिएछन् र त्यत्तिकै छाडेर आफ्ना वस्तुभाउ लिएर हिँडे ।

भोलिपल्ट गोठालाहरुले बस्तुभाउ ल्याएर जंगलमा चर्न छाडेर खेल्नथाले । त्यत्तिकै वेला पृथ्विलोकमा घुम्न आएका महादेवलाई भोक लागेछ । खानेकुरा केहि नपाएपछि जंगलमा चरिरहेका वस्तुभाउ खाएर भोक मेट्ने विचारले गोठालाहरुले बनाएको बाघ भित्र पसेर सबै खाएर भोक मेटाए । साँझपख पुरैजंगलमा आफ्ना बस्तुभाउ खोज्दा नभेटे पछि घर गएर सबै वेलिबिस्तार लागाए । कसैले पत्याएनन् ।

भोलिपल्ट सबै गाउँलेहरु मिलेर तन्त्रविद्या जान्ने तान्त्रीक सहति जंगल पुगे । तान्त्रिकले ध्यान गरी हेर्दा गोठालाहरुले बनाएको माटोको बाघको मुखमा रगत देखेछ । ल हेर, यो बाघले सबै वस्तुभाउ खाएछ भनेर जिब्रो बनाएको पात थुत्न खोज्दा महादेव प्रकट भएर भनेछन्, मलाई भैरबको रुपमा पुजा गरेर खान दिनु, अबदेखि खान्न भनेछन् । तर पनि तान्त्रिकलाई बिश्वास नलागेर जिब्रो थुति दिएछ । त्यसैले यसैको सम्झना स्वरुप भाद्र १ गते होम गरी पञ्चवलीको भोग लगाउने गरिन्छ । यो दिन बाघ भैरबमा ठूलो मेला लाग्छ ।

दैनिक पुजा दर्शनधारी कुश्लेले गर्ने गरे पनि मुख्य पुजा वज्राचार्यले गर्ने परम्परा रहेछ बाघ भैरबमा ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button