
पुर्खा हिँडेको बाटो पछ्याउँदै ‘नेपालनाम्चा देशयात्रा’ काठमाडौंबाट नुवाकोट दरवार

पर्यटन प्रशिक्षकद्धय अशोक सिलवाल र भुमराज तिवारी ‘पुर्खा हिँडेको बाटो अवलोकन-अध्ययन पदयात्रा’ सुरु गर्दैछन् । ‘नेपालनाम्चाको देशयात्रा’ अन्तर्गत पुर्खा हिँडेको बाटो अवलोकन-अध्ययन पदयात्राको पहिलो चरणमा उनीहरु राजधानी काठमाडौंबाट नुवाकोट दरवारसम्मको पदयात्रामा निस्कँदै छन् । काठमाडौबाट सुरु हुने यात्राको पदयात्रा नुवाकोटको रानिपौवा बजार चतुराले, ढाँडेफेदी, शेरा हुँदै नुवाकोट दरबार पुग्ने छ ।
‘देश बुझ्ने र आम नागरिकलाई देश बुझाउने ‘नेपालनाम्चाको देशयात्रा’ अन्तर्गत यो अवलोकन अध्ययन पदयात्रा सुरु गरिएको हो’, यात्रा सदस्य तिवारीले भने , ‘आधुनिकता, सहर, कोलाहल, प्रदूषण, भीडभाड, जाम, चिच्चेखलो, भागदौड, समाज, साथीभाइ, आफन्त, प्रतिस्पर्धा, करिअर, दबाब, आशा-निराशा, चिन्ता, छटपटी, डर, सङ्घर्ष, राजनीति, युद्ध, धर्म, आन्दोलन, डेडलाइन्स, सम्बन्ध, सपना, महत्त्वाकांक्षा, सफलता-असफलता, पाप-पुण्य आदि सबैबाट टाढा- यो खास यात्रामा जहाँ आफू ‘आफू’ हुन पाइन्छ ।’
‘सडक सञ्जाल र आधुनिक विकासले पुर्खा हिँडेको बाटो मेटिदै गएको परिवेशमा त्यसलाई खोजी गर्दै बदलिँदो समयमा खास पदमार्ग र पदयात्राका लागि यो अभियान सुरु गरेका हौं ।’
यसअघि ‘नेपालनाम्चाको देशयात्रा’ अन्तर्गत नेपालनाम्चाले पश्चिम नेपालको दोधारा चाँदनीदेखि पूर्वको पशुपतिनगरसम्मको एक महिने साइकल यात्रा गरेको थियो ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)