हस्तलिखितः एक अविस्मरणीय लाङटाङ पदयात्रा

प्राइम टिभीमा ‘प्रसंग एक, सवाल अनेक’ चलाउने लालप्रसाद शर्मा अर्थात एलपी शर्मा केही अगाडि लाङटाङ पदयात्राबाट काठमाडौं फर्के । फर्किँदा उनले यात्राका अविस्मरणीय स्मरणहरु ल्याएका थिए, जसलाई उनले कापीमा उतारे । हरेक दिनका यात्रा स्मृति लेख्दै गर्दा फेरि एकपटक उनी लाङटाङ पुगे, क्यान्जीङ पुगे, बाम्बु, पैरो, लामा होटल, घोडातबेला, मुन्डु, सिन्धुम, थाङ्स्याप पुगे । र, पुगे आफ्नो पाइतालाका प्रत्येक डोबहरुमा । नदी र चौंरीहरु सम्झे । थकाई र आरामहरु सम्झे ।

तर, केही दिनमा उनको त्यो आराम हरायो, जब उनका हस्तलिखित सामाग्री टाइपिस्टले हराइदियो ।, त्यसपछि हो, नेपालनाम्चासँग उनको भेट भएको । उनी चाहन्थे, यात्रा दैनिकीलाई नेपालनाम्चामा छाप्न । तर, हस्तलिखित यात्रा विरवण हराएपछि उदासीका दिनहरु सुरु भए । तर, केही दिनपछि फेरि उनी लेख्ने मुडमा पुगे । लेखे फेरि लाङटाङ लेखे आफ्ना अक्षरहरुबाट । र, लेखिएका पानाहरु नेपालनाम्चाको वाट्सअपमा पठाए । सम्भवत लाङटाङको हस्तलिखित पदयात्रा संस्मरण पहिलो पटक यसरी प्रकाशित भएको हो । बधाई शर्मा जी ।

हेर्नु पढ्नु उनले पठाएका तस्विर र हस्तलिखित सामाग्री ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button