
भिटोफ हिँड्यो ‘भव्य’ भ्याली, तपाई पनि आउँदै गर्नुस् है
सम्वाददाता, नेपालनाम्चा ।
धादिङस्थित ‘रुवीभ्याली अध्ययन-अवलोकन भ्रमण’का लागि टोली त्यसतर्फ ‘मुभ’ भएको छ । भ्रमण माघ १८ गते सुरु भएर २० गते टुँगिनेछ । काठमाडौबाट धादिङको धादिङबेसी हुँदै टोली रुवीभ्याली पुग्नेछ ।

‘टोलीमा विभिन्न पर्यटन संघसंस्थाका प्रतिनिधीका साथै पर्यटनकर्मी तथा व्यवसायीहरु सहभागी छन्’, आयोजक संस्था गाउँ पर्यटन प्रवर्धन मञ्च (भिटोफ)का अध्यक्ष गोपाल थापाले भने, ‘र, आयोजक संस्थाका सदस्यमात्र होइन, उल्लेख्यमात्रामा पर्यटन विज्ञ रपत्रकारहरु पनि सहभागी छन् ।’ ‘रुवी भ्यालीलाई चल्तीको गाउँ पर्यटन केन्द्र रुपमा ब्रान्डिङ गर्न यो भ्रमण आयोजना गरिएको हो’, महासचिव निशेष थापाले बताए ।
‘प्रकृति र संस्कृतिको यो अनुपम क्षेत्रको व्यापक प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य दुवै खालका पर्वतिय पर्यटकलाई आकर्षित गर्न लागिपरेका छौं र त्यसैका लागि यो यात्रा आयोजना गरिएको हो’, कोषाध्यक्ष शकुन्तला देवकोटाले भनिन् ।
‘रुवीभ्यालीलाई फिकुरी र लाङटाङसँग मात्र होइन, मनास्लुसँग पनि जोडेर त्यसलाई मिनी ग्रेट हिमालयन ट्रेलको रुपमा विकास गर्न सकिन्छ’, लाङटाङ सद्भावना दूत समेत रहेका भिटोफ सल्लाहकार अशोक सिलवालले भने, ‘भ्रमणबाट त्यहाँको प्रकृति र संस्कृतिलाई विशेष रुपमा बुझ्न र अनुभव गर्न सकिनेछ ।’

जानुअघि यो यात्राका एक सहभागीले भने, ‘हामी त हिंड्यौ रुवी भ्याली, तपाई पनि आउनुस् है । आउँदै गर्नुस् है ।’
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)